बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

मझौला उद्यमको सेयर कारोबारका लागि छुट्टै प्लेटफर्म सञ्चालन गरिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १५ २०८३
मझौला उद्यमको सेयर कारोबारका लागि छुट्टै प्लेटफर्म सञ्चालन गरिने

काठमाडौं- कमोडिटिज एक्सचेन्ज मार्केट र ससाना तथा मझौला उद्यमको सेयर कारोबारका लागि छुट्टै प्लेटफर्म सञ्चालन गरिने भएकाे छ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ बजेट पेस गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लले मझौला उद्यमको सेयर कारोबारका लागि छुट्टै प्लेटफर्म सञ्चालन गरिने बताएका हुन्।

त्यस्तै, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको संरचनागत सुधार गरी सञ्चालन र नियमन गरिने भएकाे छ। 

गैरआवासीय नेपालीलाई धितोपत्रको प्राथमिक र दोस्रो बजारमा लगानी गर्न खुला गरिने भएकाे छ। वित्तीय क्षेत्रको सुदृढीकरण र स्थायित्वका लागि दोस्रो चरणको वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन गरिने बजेटमा छ। 

त्यस्तै,समस्याग्रस्त सहकारी र बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने भएको छ। सहकारी क्षेत्रको बचत सुरक्षा र नियमनका लागि राष्ट्र बैंकको नेतृत्वमा छुट्टै नियामक निकाय गठन गरिने भएको हो।

अर्थमन्त्री वाग्लेका अनुसार  बिमा क्षेत्रको विकास र नियमनका लागि बिमा प्राधिकरणको क्षमता विकास गरिनेछ। लघुबिमा र कृषि बिमालाई प्रोत्साहन गरिनेछ। राष्ट्रिय विपद् जोखिम बिमा कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ।


प्रकाशित : शुक्रबार, जेठ १५ २०८३१७:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend