काठमाडौं- लगानी प्रवर्द्धनका लागि सीमित दायित्वको साझेदारी कानून तर्जुमा गरिने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यसबाट एन्जल इन्भेष्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्युटि फण्डमा लगानी गर्न प्रोत्साहन हुने छ बताएका छन्।
मन्त्री वाग्लेका अनुसार नेपाली नागरिकले विदेहमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाइने छ।
त्यसैगरि, आद्योगिक व्यवसाय ऐन संसोधन गरि उद्योगको क्षेमता वृद्दि स्वामित्व परिवर्तन पुँजी वृद्धि लगायतका विषयमा विभागलाई जानकारी मात्रै गराए हुने व्यवस्था गरिने भएको छ।
मन्त्री वाग्लले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशाेधन गरि लगानी फिर्ताका लागि राष्ट्र बैंकको पूर्व स्विकृती लिन नपर्ने र जानकारी मात्रै गराए पुग्ने व्यवस्था लागुहुने बताए।