काठमाडौं- बीमा प्राधिकरणले चालु आर्थिक वर्षको बैशाख महिनासम्मको जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले बैशाख मसान्तसम्म १ खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। कुल सक्रिय बीमालेखको संख्या १ करोड १६ लाख ८४ हजार ८ सय ८३ पुगेको छ।
प्राधिकरणका अनुसार बैशाख महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले ३ अर्ब ५८ करोड ८३ लाख ६६ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन्।
त्यस्तै यो अवधिमा पुराना बीमितहरूबाट संकलन हुने नवीकरण बीमा शुल्क मार्फत कम्पनीहरूले १२ अर्ब १२ करोड ९५ लाख ३० हजार रुपैयाँ संकलन गरेका छन्।
बैशाख महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले कुल ४ लाख २ हजार ७ सय ६३ वटा नयाँ बीमालेख जारी गरेका छन्। बैशाख मसान्तसम्मको कुल प्रथम बीमा शुल्क संकलन भने ३५ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ र नवीकरण बीमा शुल्क १ खर्ब २० अर्ब ७१ करोड ६३ लाख रुपैयाँ रहेको छ।
व्यावसायतर्फ हरेक सूचकमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ।नेपाल लाइफले बैशाख महिनामा मात्रै ८३ करोड ५२ लाख ७५ हजार प्रथम र ३४ अर्ब ६९ करोड ३५ लाख नवीकरण गरी कुल ४ अर्ब ३० करोड ४६ लाख २९ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।
बैशाख मसान्तसम्मको कुल व्यवसायमा पनि नेपाल लाइफले ९ अर्ब १३ करोड ८९ लाख प्रथम र ३२ अर्ब २ करोड ६५ लाख नवीकरणसहित ४१ अर्ब १६ करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ। कम्पनीसँले हाल कुल १९ लाख २२ हजार ६ सय ११ वटा सक्रिय बीमालेखहरू रहेका छन्।
नेपाल लाइफपछि नेशनल लाइफ इन्स्योरेन्सले बैशाख महिनामा १ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।त्यसैगरि बैशाख मसान्तसम्म कुल १९ अर्ब २ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। नेशनल लाइफको हाल सक्रिय बीमालेख संख्या १३ लाख १५ हजार ६ सय ६१ रहेको छ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले बैशाख महिनामा १ अर्ब ६७ करोड २० लाख रुपैयाँ र बैशाख मसान्तसम्म कुल १६ अर्ब ६४ करोड २९ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।
हिमालयन लाइफ इन्स्योरेन्सले बैशाख महिनामा १ अर्ब २८ करोड ९० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।कम्पनीको बैशाख मसान्तसम्मको कुल १४ अर्ब ५५ करोड ५२ लाख १७ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। यस कम्पनीको सक्रिय बीमालेख ४ लाख २० हजार ७१ रहेको छ।
सरकारी लगानी समेत रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले बैशाख महिनामा ९७ करोड ७१ लाख २६ हजार रुपैयाँ र बैशाख मसान्तसम्म कुल १० अर्ब ९ करोड ६२ लाख ७८ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले बैशाख महिनामा ९५ करोड ७४ लाख ५४ हजार र बैशाख मसान्तसम्म ९ अर्ब ५० करोड ९० लाख ४२ हजार रुपैयाँ संकलन गरेको छ। भने यसको सक्रिय बीमालेख संख्या ६ लाख ३ सय ७९ रहेको छ।
एशियन लाइफले बैशाख महिनामा ७६ करोड ८१ लाख ७८ हजार र बैशाख मसान्तसम्म ८ अर्ब १ करोड ५२ लाख २६ हजार रुपैयाँ संकलन गरेको छ भने यसको सक्रिय बीमालेख संख्या ५ लाख ८७ हजार २ सय १३ रहेको छ।
सिटिजन लाइफले बैशाख महिनामा ६२ करोड ५ लाख १२ हजार र बैशाख मसान्तसम्म ६ अर्ब ७८ करोड ७६ लाख ५३ हजार रुपैयाँ संकलन गरेको छ भने यसको सक्रिय बीमालेख ७ लाख ८ हजार ६ सय ६५ रहेको छ।
सानिमा रिलायन्स लाइफले बैशाख महिनामा ५५ करोड ६० लाख १६ हजार र बैशाख मसान्तसम्म ५ अर्ब ९८ करोड ४ लाख २० हजार रुपैयाँ संकलन गरेको छ। यसको सक्रिय बीमालेख ४ लाख ३० हजार ४ सय १६ रहेको छ।
आईएमई लाइफले बैशाख महिनामा ५५ करोड १३ लाख ३१ हजार र बैशाख मसान्तसम्म ५ अर्ब ५० करोड २६ हजार रुपैयाँ संकलन गरेको छ भने यसको सक्रिय बीमालेख ६ लाख ३७ हजार ९ सय ७२ रहेको छ।
मेट लाइफले बैशाख महिनामा ५९ करोड ४४ लाख ५६ हजार र बैशाख मसान्तसम्म ५ अर्ब ४९ करोड ९१ लाख २९ हजार रुपैयाँ संकलन गरेको छ भने यसको सक्रिय बीमालेख ७ लाख ७ हजार ९ सय ९ रहेको छ।
रिलायबल नेपाल लाइफले बैशाख महिनामा ४९ करोड २४ लाख २३ हजार र बैशाख मसान्तसम्म ४ अर्ब ९४ करोड १४ लाख ८८ हजार रुपैयाँ संकलन गरेको छ। यस कम्पनीसँग सबैभन्दा धेरै २४ लाख २३ हजार ४ सय २९ सक्रिय बीमालेख रहेका छन्।
प्रभु महालक्ष्मी लाइफले बैशाख महिनामा ५० करोड ८५ लाख ८२ हजार र बैशाख मसान्तसम्म ४ अर्ब ७० करोड ७ लाख ५५ हजार रुपैयाँ संकलन गरेको छ भने यसको सक्रिय बीमालेख २ लाख ७४ हजार १५ रहेको छ।
व्यवसायका हिसाबले अन्तिम स्थानमा रहेको सन नेपाल लाइफले बैशाख महिनामा ३७ करोड ८८ लाख ९५ हजार र बैशाख मसान्तसम्म कुल ३ अर्ब ५५ करोड ८ लाख १८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। भने यसको सक्रिय बीमालेख संख्या ३ लाख ६० हजार १ सय २६ रहेको छ।
बीमा पोलिसी नवीकरण नगर्नेको संख्या १२ लाख नाघेको छ। सार्वजनिक तथ्यांकअनुसार १२ लाख २४ हजार ४६५ वटा बीमा पोलिसी नवीकरण नभएका हुन्।
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम साढे ११ अर्ब नाघेको छ।
बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डर मार्फत ११ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बाहिरिएको हो।
उक्त सरेण्डर रकम गत आवको सोही अवधिसम्मको तुलनामा भने ५.४० प्रतिशत कम हो। गत आवको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बाहिरिएको थियो।
गत आवको बैशाख मसान्तसम्ममा ८८ हजार ६सय ३५ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको सोहि अवधिमा भने ७६ हजार ४७७ जनाल मात्रै पोलिसी समर्पण गरेका छन्। यस हिसाबमा बीमालेख समर्पण संख्या १३.७२ प्रतिशतले घटेको छ।
त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नवीकरण नगरिएको रकम) भने ६.८३ प्रतिशतले बढेको छ। गत आवको बैशाख मसान्तसम्ममा बीमालेख नवीकरण नगरिएको रकम ३६ अर्ब ८६ करोड १० लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३९ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ रहेको छ। यता व्यतित बीमालेखको संख्या भने २.३९ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा १२ लाख २४ हजार ४ सय ६५ वटा बीमा पोलिसीहरु नवीकरण भएका छैनन्। गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख ५४ हजार ४७८ रहेको थियो।