काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा ५ हजार ६ सय र चाँदी १ सय ७५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ४० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार र त्यति नै परिमाणको चाँदी ४ हजार ८ सय ६५ रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५ सय र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।