आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १४ २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर  एक सय ५३ रुपैयाँ ४१ पैसा कायम भएको छ।

काठमाडौं-  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर  एक सय ५३ रुपैयाँ ४१ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ५४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर दुई सय पाँच रुपैयाँ ३२ पैसा र बिक्रीदर दुई सय छ रुपैयाँ १२ पैसा तथा स्वीस फ्राङ्क एकको खरिददर एक सय ९४ रुपैयाँ ३२ र बिक्रीदर एक सय ९५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर एक सय आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय नौ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर एक सय १० रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय १० रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय १९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय २० रुपैयाँ ०७ पैसा कायम गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर  ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ६९ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा तोकिएको छ।

मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैया २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६ रुपैयाँ ५५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८० पैसा र बिक्रीदर २३ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर पाँच सय २०, बहराइन दिनार एकको खरिददर चार सय पाँच रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय छ रुपैयाँ ९२ पैसा तथा ओमानी रियाल एकको खरिददर तीन सय ९६ रुपैयाँ ९० पैसा र बिक्रीदर तीन सय ९८ रुपैयाँ ४६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १४ २०८३०६:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend