मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

नयाँ डिजाइन र व्यापक अपडेटसहित आज भारतमा सार्वजनिक हुँदै टियागाे ईभी फेसलिफ्ट, केही समयभित्रै नेपाल आउने

बिहीबार , जेठ १४ २०८३
नयाँ डिजाइन र व्यापक अपडेटसहित आज भारतमा सार्वजनिक हुँदै टियागाे ईभी फेसलिफ्ट, केही समयभित्रै नेपाल आउने

दुवै भर्सनमा परिमार्जित अगाडि र पछाडिको बम्परका साथै टेलगेट र लाइटिङको वरिपरि नयाँ डिटेलिङ गरिएको छ। टाटाले बम्परको तल्लो हिस्सालाई पनि सफा अलग प्याटर्नमा रिडिजाइन गरेको छ। समग्रमा टाटाले टियागोलाई अझ आधुनिक लुक्स दिएको छ।

काठमाडौं- टाटा मोटर्सले आज मे २८ मा भारतीय बजारमा टियागोको फेसलिफ्ट भर्सन सार्वजनिक गर्दैछ। टाटाले नयाँ डिजाइन र व्यापक रूपमा अपडेट गरेको २०२६ टियागोको आइसीई र विद्युतीय दुवै भर्सन सार्वजनिक गर्न लागेको हो।

टाटाले सार्वजनिक गरेको नयाँ तस्विर अनुसार टियागो ह्याचब्याक पूर्णरूपमा नयाँ डिजाइन गरिएको छ। यसको अगाडि र पछाडिको भागमा नयाँ लाइटिङ र थपिएको देख्न सकिन्छ। टिटागो आइसीई र ईभी दुवैमा अहिले पातलो एलईडी हेडल्याम्प र सफा डिजाइनसहितको नयाँ फ्रन्ट फेसिया दिइएको छ। टाटाले केही दिनअघि यसो डिजाइनका तस्बिरहरु सार्वजनिक गरेको थियो। 

नयाँ टियागो ईभीको अगाडिको भाग पूर्ण रूपमा बन्द छ, जसमा ठाडो बम्पर एलिमन्ट्स र तलपट्टि ठूलो एयर इनटेक एरिया रहेको छ। आइसीई भर्सनमा भने ग्लस ब्ल्याक फिनिसिङ भएको परम्परागत ग्रिल नै कायम राखिएको छ।

यसको हेडल्याम्प सेटअप पहिलेभन्दा बढी भिन्न देखिन्छ। यसमा एलईडी डीआरएल जोडिएको छ। पछाडिको भागमा टाटाले कनेक्टेड स्टाइलको एलईडी टेल ल्याम्प दिएको छ। जसमा स्मोक्ड ट्रिटमेन्ट गरिएको छ। यसले गर्दा टियागोलाई पहिलेभन्दा निकै फराकिलो र प्रिमियम देखाएको छ। 

आईसीई भर्सनमा नयाँ एलोय ह्वीलको डिजाइन पनि देख्न सकिन्छ। ओआरभीएममा जडान गरिएका क्यामराहरूले यसमा ३६० डिग्री क्यामरा प्रणाली थपिएको पुष्टि हुन्छ। जुन टियागो लाइनअपका लागि यो सेगमेन्टकै पहिलो विशेषताका रुपमा आउँदैछ। टियागो ईभीमा भने नयाँ एरो ह्वील्स डिजाइन टाटा मोटर्सले दिएको छ। 

पेट्रोल र सीएनजी भर्सनको बम्परमा फग ल्याम्पहरू समावेश गरिएको छ, जबकि सार्वजनिक गरिएको टियागो ईभी भेरियन्टको तस्बिरमा फग ल्याम्पहरू देखिएका छैनन्। आइसीई टियागो फेसलिफ्टको डोर ह्याण्डल र विन्डो सिलमा क्रोम गार्निस दिइएको छ भने ईभीको विन्डो सिलमा क्रोम गार्निस छैन।

दुवै भर्सनमा परिमार्जित अगाडि र पछाडिको बम्परका साथै टेलगेट र लाइटिङको वरिपरि नयाँ डिटेलिङ गरिएको छ। टाटाले बम्परको तल्लो हिस्सालाई पनि सफा अलग प्याटर्नमा रिडिजाइन गरेको छ। समग्रमा टाटाले टियागोलाई अझ आधुनिक लुक्स दिएको छ।

टाटाले दुवै भर्सनमा नयाँ कलर अप्सनसमेत थपेको छ। टियागो ईभी हल्का मिन्ट ग्रीन र आइसीई भर्सनमा आकर्षक कोरल ओरेन्जमा ल्याएको छ। ह्याचब्याक लाइनअपलाई युवापुस्ता लक्षित गरी टाटा मोटर्सले नयाँ रङ अप्सन ल्याउन लागेको हो। 

टाटाले टियागो फेसलिफ्टको इन्टेरियर डिजाइनमा पनि उल्लेख्य परिवर्तन गरेको छ।  फेसलिफ्ट टियागोमा पावरट्रेन भने हालकै निरन्तरता दिने सम्भावना छ। टियागो आइसीईमा १.२ लिटरको नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन छ। यसमा म्यानुअल र एएमटी ट्रान्समिसनको विकल्प उपलब्ध हुनेछ।

टाटाले टियागो ईभीमा भने हालै पन्च ईभी फेसलिफ्टमा जस्तै अपडेटेड ब्याट्री केमिस्ट्री र छिटो चार्जिङ सपोर्ट आउने सम्भावना छ। हाल टियागो ईभीमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री अप्सन छ। ठूलो ब्याट्रीयुक्त २९३ किलोमिटरको एआरएआई प्रमाणित रेन्ज छ। नयाँ टियागो ईभी भने २४ किलोवाट आवर र ३२ किलोवाट आवरको ब्याट्री प्याक आउने सम्भावना छ।

नेपाली बजारमा टियागो ईभी धेरैको राेजाइमा रहेको छ। भारतमा आज सार्वजनिक हुने टियागो ईभी एकदेखि दुई महिना भित्र नेपाली बजारमा आउने सम्भावना छ। 


प्रकाशित : बिहीबार , जेठ १४ २०८३०७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend