बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

साना दलले पनि दलकै चिह्नमा चुनावमा भाग लिन पाउने, निर्वाचन प्रयोजनका लागि कल सेन्टर

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १४ २०७८
images
images
साना दलले पनि दलकै चिह्नमा चुनावमा भाग लिन पाउने, निर्वाचन प्रयोजनका लागि कल सेन्टर
images
images

काठमाडौं- निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई आआफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ।

images
images

दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। जिल्लामा सङ्गठन संरचना रहेको विवरण प्राप्त भएका दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्नेगरी आयोगले मतपत्र तयार गर्न लागेको छ।

images
images

तत्तत् दलको जिल्लागत सङ्गठन संरचनाका आधारमा जिल्लागत तहमा दलको सङ्ख्यात्मक उपस्थिति भिन्नभिन्न रहेको छ। राष्ट्रिय मान्यता प्राप्त छसहित ७३ राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराएका थिए। राष्ट्रिय मान्यता प्राप्तबाहेकका दललाई आआफ्नो दलको निर्वाचनमा चुनाव चिह्नमा निर्वाचनमा भाग लिने भए जिल्लागत क्रियाशील सङ्गठन संरचना बुझाउन समयसीमा तोकेर निर्देशन दिएको थियो। यसअघि राष्ट्रिय मान्यता दलबाहेक अन्य दललाई स्वतन्त्र समूहबाट चुनाव चिह्न प्रदान गर्ने अभ्यास थियो।

images
images

स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाइका लागि आयोगले जनकशिक्षा सामग्री केन्द्रलाई तयारी हालतमा राखिएको छ। मतपत्रका लागि आयोगले आवश्यक कागजको यसअघि नै व्यवस्थापन गरिसकेको छ।

स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले भाग लिन पाउने भएका छन्।

आयोगका प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृतहरु तोकिएको बताए।

त्यसैगरी आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि यही चैत्र १५ गतेबाट कल सेन्टर संचालनमा ल्याउन लागिएको पनि जनाएको छ। प्रवक्ता पौडेलले त्यसका लागि आवश्यक जनशक्तिहरुलाई आज (सोमबार) नै अभिमुखीकरण तालिम दिइएको बताए। निर्वाचन आयोगले कल सेन्टर संचालनका लागि ११०२ टोल फ्रि नम्बरको व्यवस्था गरिसकेको छ।

निर्वाचन चिन्ह प्राप्त गर्ने कुन जिल्लामा कति दल?

RSS chun.jpg


प्रकाशित : सोमबार, चैत १४ २०७८१२:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend