आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

रिलायन्स स्पिनिङ मिल्सको सेयरको 'लक-इन' अवधि असार १८ गते सकिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १३ २०८३
रिलायन्स स्पिनिङ मिल्सको सेयरको 'लक-इन' अवधि असार १८ गते सकिँदै

नेपाल धितोपत्र बोर्डको निर्देशानुसार सर्वसाधारणका लागि निष्कासन गर्न छुट्ट्याइएको ११ लाख ५५ हजार ९ सय ६० कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ७ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको थियो।

काठमाडौं- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको साधारण सेयरको लक-इन अवधि आगामी असार १८ गते सकिँदै छ।

नेपाल धितोपत्र बोर्डको निर्देशानुसार सर्वसाधारणका लागि निष्कासन गर्न छुट्ट्याइएको ११ लाख ५५ हजार ९ सय ६० कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ७ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको थियो।

उक्त बाँडफाँड गरिएको सेयरको ६ महिने लक-इन अवधि असार १८ गते समाप्त हुन लागेको कम्पनीले जनाएको छ। 

यो सेयर सर्वसाधारणमा २०८२ साल पुस १८ गते बाँडफाँड भएको थियो। लक-इन अवधि समाप्त भएपछि सामूहिक लगानी कोषहरूले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर दोस्रो बजारमा खरिदबिक्री गर्न योग्य हुनेछन्।

रिलायन्स स्पिनिङ मिल्सको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : बुधबार, जेठ १३ २०८३१२:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend