आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १३ २०८३
बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया सुरु

इच्छुक तथा योग्य नेपाली नागरिकले जेठ १९ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखास्थित समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण पेस गर्न सक्ने छन्।

काठमाडौं- नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि  प्रक्रिया सुरु भएको छ।

सरकारले गठन गरेको सिफारिस समितिले बीमा प्राधिकरणको अध्यक्ष पदमा दरखास्त आह्वान गरेको हो। 

इच्छुक तथा योग्य नेपाली नागरिकले जेठ १९ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखास्थित समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण पेस गर्न सक्ने छन्।

अध्यक्षका लागि व्यक्तिगत विवरण बुझाउने उम्मेदवारले बीमा ऐनबमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको हुनुपर्नेछ।

यसका साथै उच्च नैतिक चरित्र भएको, बीमा ऐनबमोजिम अयोग्य नभएको, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, भ्रष्टाचार सम्पत्ति शुद्धीकरणजस्ता नैतिक पतन नदेखिने वा फौजदारी कसुरमा सजाय नपाएको, प्रचलित कानुनबमोजिम कालोसूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि ३ वर्ष पूरा भएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त नगरेको, सार्वजनिक निकायको कुनै ठेक्कापट्टा सम्झौता गरी काम नगरेको तथा मानसिक सन्तुलन ठीक भएकाले आफ्नो व्यक्तिगत विवरण पेस गर्न सक्नेछन्।



प्रकाशित : बुधबार, जेठ १३ २०८३११:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend