काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ दशमलव ०८ र बिक्रीदर १५२ दशमलव ६८ रुपैयाँ कायम भएको छ।
साथै युरोपियन युरो एकको खरिददर १७७ दशमलव ०९ र बिक्रीदर १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ दशमलव २४ र बिक्रीदर २०६ दशमलव ०५ तथा स्वीस फ्रांक एकको खरिददर १९४ दशमलव ६४ र बिक्रीदर १९५ दशमलव ४१ रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०९ दशमलव ०३ र बिक्रीदर १०९ दशमलव ४६, क्यानेडियन डलर एकको खरिददर ११० दशमलव १० र बिक्रीदर ११० दशमलव ५४, सिंगापुर डलर एकको खरिददर ११९ दशमलव ०६ र बिक्रीदर ११९ दशमलव ५३ रुपैयाँ कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ दशमलव ५७ र बिक्रीदर नौ दशमलव ६१, चिनियाँ युआन एकको खरिददर २२ दशमलव ४२ र बिक्रीदर २२ दशमलव ५० तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० दशमलव ५३ र बिक्रीदर ४० दशमलव ६९ रुपैयाँ रहेको छ ।
कतारी रियाल एकको खरिददर ४१ दशमलव ७२ र बिक्रीदर ४१ दशमलव ८८, थाई भाट एकको खरिददर चार दशमलव ६८ र बिक्रीदर चार दशमलव ७० तथा यूएई दिर्हाम एकको खरिददर ४१ दशमलव ४० र बिक्रीदर ४१ दशमलव ५७ रुपैयाँ तोकिएको छ।
मलेसियन रिंगेट एकको खरिददर ३८ दशमलव ४८ र बिक्रीदर ३८ दशमलव ६३, दक्षिण कोरियाली वन १०० को खरिददर १० दशमलव ०४ र बिक्रीदर १० दशमलव ०८, स्विडिस क्रोनर एकको खरिददर १६ दशमलव ३९ र बिक्रीदर १६ दशमलव ४६ तथा डेनिस क्रोनर एकको खरिददर २३ दशमलव ७० र बिक्रीदर २३ दशमलव ७९ रुपैयाँ कायम गरिएको छ।
केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ दशमलव ४१ र बिक्रीदर १९ दशमलव ४९, कुवेती दिनार एकको खरिददर ४९५ दशमलव ८६ र बिक्रीदर ४९७ दशमलव ८२, बहराइन दिनार एकको खरिददर ४०३ दशमलव ४० र बिक्रीदर ४०४ दशमलव ९९ तथा ओमानी रियाल एकको खरिददर ३९५ दशमलव ०१ र बिक्रीदर ३९६ दशमलव ५७ कायम भएको राष्ट्र बैंकले जनाएको छ। भारतीय पैयाँ १०० को खरिददर १६० पैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।