आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १२ २०८३
एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक

काठमाडौं- एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर औपचारिक रूपमा सार्वजनिक गरेको छ।

एलजी इलेक्ट्रोनिक्सले नेपाली घरपरिवारका लागि आफ्नो नवीनतम डुअलकुल इन्भर्टर एयर कन्डिसनर श्रृंखला सार्वजनिक गरेको हो।

एलजीको नवीन 'किलोवाट म्यानेजर' प्रविधिसहित, जसले विद्युत् बिल व्यवस्थापन र एयर कन्डिसनरको ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सहयोग पुऱ्याउँछ। डुअल इन्भर्टर कम्प्रेसरसहित, जसले ७० प्रतिशतसम्म ऊर्जा बचत तथा ४० प्रतिशत छिटो शीतलन प्रदान गर्दछ।

नयां 'फ्रिज क्लिन' सुविधासहित, जसले इभापोरेटरलाई सफा राख्दै स्वच्छ हावा प्रवाह सुनिश्चित गर्छ। कनभर्भार्टबल ५-इन-१ मोड, ऊर्जा बचत सञ्चालन तथा गोल्ड फिन कोटिङ, १०० प्रतिशत कपर ट्युब र स्टेबलाइजर-फ्री सञ्चालनजस्ता उन्नत टिकाउ विशेषताहरू समावेश।

एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर औपचारिक रूपमा सार्वजनिक गरेको छ। होटल भिभान्ता काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।

नयाँ डुअलकुल एयर कन्डिसनरमा 'किलोवाट म्यानेजर' नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि प्रस्तुत गरेको छ, जुन नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा दक्ष तथा लागत-सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर विकसित गरिएको हो।

उक्त उत्पादनहरूको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीद्वारा गरिएको थियो। यसले नेपालमा विश्वसनीय तथा नवप्रवर्तनयुक्त घरेलु उपकरण उपलब्ध गराउने यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको छ।

नयाँ श्रृंखलाको मुख्य आकर्षण नै एलजीको 'किलोवाट म्यानेजर' हो, जुन ऊर्जा बचत गर्ने स्मार्ट सुविधा हो र यसले प्रयोगकर्तालाई विद्युत् खपत अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुऱ्याउँछ।

ऊर्जा लागत तथा विद्युत् शुल्क बढ्दै गइरहेको अवस्थामा नेपाली घरपरिवारले अनुमानयोग्य तथा प्रभावकारी समाधान खोजिरहेका छन्।

साधारण सेटअपमार्फत उपभोक्ताले आफूले चाहेको विद्युत् खपत सीमा र सञ्चालन अवधि निर्धारण गर्न सक्छन्।

एलजी थिनक्यु कनेक्टिभिटीमार्फत वास्तविक समयको विद्युत् खपत अनुगमन गर्न सक्छन्।

असामान्य वा अत्यधिक विद्युत् उपयोगबारे सूचना प्राप्त गर्न सक्छन्।

प्रयोग शैली तथा प्राथमिकताअनुसार स्वचालित ऊर्जा बचत अनुकूलनको लाभ लिन सक्छन्।

एलजी इलेक्ट्रोनिक्स

एलजी इलेक्ट्रोनिक्स विश्वस्तर घरेलु उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर समाधान प्रदायक कम्पनी हो, जुन नवीन प्रविधि, ऊर्जा दक्ष उत्पादन तथा उपभोक्ता केन्द्रित डिआइनका लागि परिचित छ। एलजीको उत्पादन श्रृंखलामा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, अडियो प्रणाली तथा दैनिक जीवनलाई सहज बनाउने अन्य उपकरणहरू समावेश छन्।

सीजी इलेक्ट्रोनिक्स

सीजी इलेक्ट्रोनिक्स, सीजी कर्प ग्लोबल अन्तर्गतको कम्पनी हो र नेपालमा एलजी उत्पादनहरूको एकमात्र आधिकारिक वितरक हो। चार दशकभन्दा बढी समयदेखि सीजी इलेक्ट्रोनिक्ससंगको दीर्घकालीन साझेदारीमार्फत एलजी नेपालमा प्रिमियम उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित रहदै आएको छ।


प्रकाशित : मंगलबार, जेठ १२ २०८३१५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend