आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मधेशमा बैंकका शाखा घट्दा पनि निक्षेप संकलन र कर्जा प्रवाह बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १२ २०८३
मधेशमा बैंकका शाखा घट्दा पनि निक्षेप संकलन र कर्जा प्रवाह बढ्यो

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा  बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा सङ्ख्या घटेर १ हजार ७ सय ५९ कायम भएको छ।

मधेश- मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा सङ्ख्यामा सामान्य गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा  बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा सङ्ख्या घटेर १ हजार ७ सय ५९ कायम भएको छ। गत वर्षको सोही अवधिमा १ हजार ७ सय ६३ शाखाहरू सञ्चालनमा रहेकोमा सञ्चालनमा रहेका कुल शाखाहरूमध्ये वाणिज्य बैंकको ५ सय ८७, विकास बैंकको ८६, वित्त कम्पनीको ५३ र लघुवित्त वित्तीय संस्थाहरूको हिस्सा सबैभन्दा बढी अर्थात् १ हजार ३३ शाखाहरू रहेका छन्।

जिल्लागत आधारमा  सबैभन्दा बढी धनुषा, बारा र सर्लाही जिल्लामा बैंक तथा वित्तीय संस्थाहरूको शाखा सङ्ख्या देखिएको छ। सबैभन्दा कम शाखा रौतहट जिल्लामा रहेका छन्। समीक्षा अवधिमा यस प्रदेशमा कुल बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या भने ५ सय ११ पुगेको छ। जुन गत वर्ष ५ सय १० रहेको थियो। जिल्लागत रूपमा सबैभन्दा बढी संस्थाहरू धनुषामा ८३ वटा र सबैभन्दा कम रौतहटमा ४४ वटा सञ्चालनमा छन्।

समीक्षा अवधिमा राष्ट्र बैंकको जनकपुर र वीरगञ्ज कार्यालय अन्तर्गत रहेका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका शाखाहरूमा सञ्चालित ५ वटा नोटकोषहरूमा ३ अर्ब १० करोड रुपैयाँ बराबरको फण्ड ट्रान्सफर भएको छ। गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब २० करोड रुपैयाँ रहेको थियो।

यसैगरी, दुवै कार्यालयहरूबाट २४ करोड १५ लाख रुपैयाँ बराबरको परिवत्र्य विदेशी मुद्रा खरिद भएको छ। जुन गत वर्षको १३ करोड ५१ लाखको तुलनामा  वृद्धि हो। खरिद गरिएको कुल विदेशी मुद्रामध्ये अमेरिकी डलरको हिस्सा ५८.९१ प्रतिशत, युरोको ८.९५ प्रतिशत र अन्य मुद्राको हिस्सा ६७.८५ प्रतिशत रहेको छ। 

यसै अवधिमा भारतीय मुद्रा (भारु) को बिक्रीमा ७५.६९ प्रतिशतको ठूलो वृद्धि भई ५९ करोड रुपैयाँ पुगेको छ। हाल यस क्षेत्रमा विदेशी मुद्रा सटहीको इजाजत प्राप्त १९ वटा संस्थाहरू सञ्चालनमा छन्, जसमा १६ वटा मनिचेञ्जर र ३ वटा होटल तथा रिसोर्ट रहेका छन्।

मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन र कर्जा लगानीको अवस्था सुदृढ देखिएको छ। २०८२ पुस मसान्तसम्ममा कुल निक्षेप गत वर्षको तुलनामा २०.९० प्रतिशतले वृद्धि भई ४ खर्ब २७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा निक्षेप वृद्धिदर १३.१७ प्रतिशत मात्रै रहेको थियो।

कर्जातर्फ, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा २.३९ प्रतिशतले बढेर ५ खर्ब ७ करोड रुपैयाँ पुगेको छ।गत वर्ष कर्जा प्रवाह १२.१७ प्रतिशतले बढेर ४ खर्ब ८८ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो। मधेश प्रदेशमा सङ्कलन भएको निक्षेपको तुलनामा कर्जा प्रवाहको आकार निकै ठूलो देखिएको छ। 


प्रकाशित : मंगलबार, जेठ १२ २०८३१२:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend