काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
सोमबार प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ।