आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

१२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ११ २०८३
१२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ।

तनहुँ- तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

एसियाली विकास बैंकको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर-६ र देवघाट गाउँपालिका-३ मा पर्दछ। विद्युत्गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका-३ र ४ मा पर्दछ।

विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ। रासस


प्रकाशित : सोमबार, जेठ ११ २०८३१२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend