आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

९ महिनामा ६५४ उद्योग दर्ता, ४ खर्ब ४७ अर्बको लगानी प्रतिवद्धता

सोमबार, जेठ ११ २०८३
९ महिनामा ६५४ उद्योग दर्ता, ४ खर्ब ४७ अर्बको लगानी प्रतिवद्धता

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा ६ सय ५४ वटा नयाँ उद्योग दर्ता भएका छन्। उद्योग विभागमा दर्ता भएको ६ सय ५४ उद्योगमा ४ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा ६ सय ५४ वटा नयाँ उद्योग दर्ता भएका छन्। उद्योग विभागमा दर्ता भएको ६ सय ५४ उद्योगमा ४ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।

विभाग अनुसार दर्ता भएका उद्योगमा साना प्रकृतिमा ५ सय ४९ वटा उद्योग दर्ता भएका छन्। जुन कुल दर्ता भएका उद्योगको ८३.९४ प्रतिशत हो।

यसैगरी विभाग अनुसार ४८ वटा मझौता उद्योग दर्ता भएका छन्। मझौता उद्योगको हिस्सा ७.३३ प्रतिशत रहेको छ। यसैगरी ९ महिनामा ५७ वटा ठूला प्रकृतिका उद्योग दर्ता भएका छन्।  जुन कुल दर्ता भएका उद्योगको ८.७१ प्रतिशत हो।

विभागका अनुसार दर्ता भएका ६ सय ५४ वटा उद्योगमा ३३ हजार १ सय ८६ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ। दर्ता भएका उद्योग मध्ये १ सय ८९ मा विदेशी लगानी प्रतिवद्धता आएको छ।

कुल लगानीमध्ये ४१ अर्बको विदेशी लगानी प्रतिवद्धता रहेको छ। विभागका अनुसार स्वचालित मार्गबाट ४ सय २६ वटा विदेशी लगानी स्वीकृत भएका छन्।

विदेशी लगानी स्वीकृत परियोजना ६ सय १५ वटा रहेको छ। विभागका अनुसार ९ महिनामा ५७ वटा आईईई (प्रारम्भिक वातावरणी परीक्षण) भएका छन्। चालु आवको ९ महिनामा भारतमा निर्यातका लागि उत्पतिको प्रमाण पत्र जारी भएको विभागले जनाएको छ।

विभागले जारी गरेको तथ्यांकअनुसार सबैभन्दा बढी लगानी प्रतिवद्धता उर्जामूलक उद्योगमा आएको छ। २४ वटा उर्जा मूलक उद्योगमा २ अर्ब ३२ अर्ब  ९९ करोड ७१ लाख ७८ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ। यसैगरी दोस्रो बढी लगानी प्रतिवद्धता आएको उद्योग क्षेत्रमा सर्भिस मूलक क्षेत्र रहेको छ।

६० वटा सर्भिस मूलक उद्योगमा १ खर्ब १ अर्ब ४५ करोड ५१ लाख ७३ हजार रुपैयाँको लगानी प्रतिवद्धता आएको छ। यसैगरी तेस्रो बढी लगानी प्रतिवद्धता पर्यटन मूलक उद्योगमा आएको छ। १८३ वटा पर्यटन मूलक उद्योगमा ५९ अर्ब ५१ करोड ८५ लाख १५ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ।

यसैगरी विभागका अनुसार २१ वटा कृषि तथा वनमा आधारित उद्योगमा २५ अर्ब ९६ करोड ६७ लाख ३५ हजार रुपैयाँ र १०६ वटा उत्पादन मूलक उद्योगमा २५ अर्ब ९९ करोड ५६ लाख २५ हजार रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।  विभागका अनुसार ९ महिनामै २ सय ५१ वटा सूचना प्रविधि मूलक उद्योगमा १ अर्ब १९ करोड १ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।

यसैगरी ९ वटा खनिज मूलक उद्योगमा ६५ करोड ५६ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ।


प्रकाशित : सोमबार, जेठ ११ २०८३१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend