सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

डलर बलियो हुँदा आम्दानी र उत्पादनको क्षयीकरण

सोमबार, जेठ ११ २०८३
डलर बलियो हुँदा आम्दानी र उत्पादनको क्षयीकरण

सबल बाह्य क्षेत्र भएपनि यसले चालु खातामाथिको दबाब पनि बढाउने जोखिम बढेर गएको छ।

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा माथि हुने अनुमान गरेको छ। राष्ट्रिय आर्थिक प्रणालीका अधिकांश क्षेत्रको उत्पादन बढेपछि समग्र वृद्धिदर पनि सोही अनुसार हुने कार्यालयको अनुमान छ। 

आर्थिक वृद्धिदर ३ प्रतिशतमाथि हुँदा पनि प्रतिव्यक्ति आम्दानी भने गत वर्षको तुलनामा घट्ने अनुमान कार्यालयले गरेको छ। प्रतिव्यक्ति गार्हस्थ उत्पादनको मापण विश्व प्राय अमेरिकी डलरमा गरिने भएकाले गत वर्षको तुलनामा यो वर्ष ३ अमेरिकी डलरको घट्ने अनुमान गरिएको हो। 

गत वर्ष १ हजार ५ सय १६ डलर रहेकोमा नेपालीहरूको प्रतिव्यक्ति आम्दानी यो वर्षको अन्त्यसम्म १ हजार ५ सय १३ डलरमा सीमित हुने अनुमान कार्यालयको छ। 

यसो हुनुका पछाडि मुख्यगरी अमेरिकी डलरको प्रभाव रहेको छ। यो वर्षमात्र डलर १४४ रुपैयाँको मूल्यमा रहेको अहिलेको अनुमानका आधारमा कार्यालयले यो अनुमान गरेको हो। यदि वर्षको अन्त्यसम्म अझै बढ्यो भने आम्दानी झन् घट्ने देखिन्छ। 

डलर बलियो हुँदा विनिमयका कारण यस्तो भएको कार्यालयका प्रवक्ता ढुन्डीराज लामिछाने बताउँछन्। 

प्रतिव्यक्ति आम्दानीमात्र होइन विश्वव्यापी मानचित्रमा नेपाली अर्थतन्त्रको क्षमतामा ह्रास आएको छ। प्रतिव्यक्ति आम्दानी ऋणात्मक नै हुने अनुमान गरेको कार्यालयले कूल गार्हस्थ उत्पादन भने सीामन्त वृद्धि हुने अनुमान गरेको छ डलरमा। हालको १४४ को दर अनुसार हिसाब गर्दा डलरमा नेपाली अर्थतन्त्रको आकार ४५ अर्ब ८३ करोड ४० लाख डलर रहेको छ। जुन गत वर्ष ४५ अर्ब ४८ करोड ६९ लाख थियो। ३ करोड डलरलेमात्र बढ्ने अनुमान गरिएको छ। 

नेपाली रुपैयाँको मापणमा अर्थतन्त्रको विस्तार निराशाजनक नभएपनि विश्व मानचित्रको तुलनात्मक मौद्रिक मापणमा भने दुईवर्षदेखि लगभग एउटै बिन्दुमा घुमेको छ। 

नेपाली रुपैयाँ डलरको तुलनामा कजोर हुँदा राष्ट्रिय दायित्वमै दबाब परेको छ। सार्वजनिक वित्तमाथि पनि यसको असर देखिन थालेको छ। बैशाखसम्मको तथ्यांक अनुसार डलर बलियो हुँदा सार्वजनिक ऋणको दायित्व १ खर्ब ६५ अर्बले बढेको छ। 

सस्तो ब्याजदर भनिएपनि यसरी ब्याजदरभन्दा विनिमय दरको वृद्धिदर उच्च हुँदा ऋण महंगो हुन पुगेको छ। अर्कोतिर आयातको बिल पनि अत्याधिक बढिरहेको छ। पछिल्ला केही महिनादेखि यहि कारणले गर्दा मासिक २ खर्बमाथिको आयात भइरकेको छ। 

सबल बाह्य क्षेत्र भएपनि यसले चालु खातामाथिको दबाब पनि बढाउने जोखिम बढेर गएको छ। 


प्रकाशित : सोमबार, जेठ ११ २०८३०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend