शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ६ २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

कम्पनीले गत बैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य बराबरको कुल २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँको २५ लाख १५ हजार ४ सय ५५ कित्ता सेयर निष्कासन गरेको थियो।

काठमाडौं- टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ  बाँडफाँट भएको छ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो। 

कम्पनीले गत बैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य बराबरको कुल २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँको २५ लाख १५ हजार ४ सय ५५ कित्ता सेयर निष्कासन गरेको थियो।

उक्त निष्कासनमा कुल २९ लाख ४८ हजार ९ सय ६६ जना आवेदकहरूबाट ३ करोड ३७ लाख ४६ हजार २०० कित्ता सेयरका लागि आवेदन परेको थियो। आवेदन दिएकामध्ये २७ लाख ७१ हजार २ सय ५२ वटा आवेदन मात्र सदर भएका छन् भने बाँकी रहेका अन्य सबै आवेदनहरू रद्द गरिएका छन्।

माग गरिएको भन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो।कुल २ लाख ५१ हजार ५४५ जना भाग्यशाली लगानीकर्ताहरूले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गर्न सफल भएका छन्। 

यसरी १० कित्ताका दरले बाँडफाँट गर्दा बाँकी रहेको ५ कित्ता सेयर भने तिनै सफल लगानीकर्ताहरूमध्येबाट थप बाँडफाँट गरिएको छ, जसअनुसार ५ जना भाग्यशाली लगानीकर्ताले थप एक कित्तासहित कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।

प्रकाशित : बुधबार, जेठ ६ २०८३१०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend