काठमाडौं- नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न सरकारले स्वीकृति प्रदान गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त विधेयकलाई संसदमा दर्ता गरी विधायन प्रक्रिया अघि बढाउन अनुमति दिने निर्णय गरेको हो। निर्णयसँगै विधेयक अब प्रतिनिधिसभामा दर्ता भई सम्बन्धित संसदीय समितिमा दफावार छलफलका लागि पठाइनेछ।
विधेयकमार्फत बैंक तथा वित्तीय प्रणालीलाई थप व्यवस्थित बनाउने, नियामकीय संरचना सुदृढ गर्ने तथा मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्य राखिएको छ। संसदीय प्रक्रिया पूरा भई राष्ट्रिय सभाबाट समेत अनुमोदन भएपछि मात्र विधेयक ऐनका रूपमा लागू हुनेछ।
राष्ट्र बैंक ऐन विधेयक हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ : सम्पादक