शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नेप्स परिसूचक ६ अंकले घट्याे, कारोबार बढ्याे

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ५ २०८३
नेप्स परिसूचक ६ अंकले घट्याे, कारोबार बढ्याे

आजको कारोबारमा ३ सय ४६ कम्पनीको ७८ लाख १६ हजार ४ सय ७८ कित्ता सेयर ४५ हजार ५ सय १९ पटक किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९ सय ६२ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको दाेस्राे कारोबार दिन आज साेमबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६.५१ अंकले घढेर २७२४.३९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १.०३ अंकले घटेर २७३०.९१ मा पुगेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ४६ कम्पनीको ७८ लाख १६ हजार ४ सय ७८ कित्ता सेयर ४५ हजार ५ सय १९ पटक किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९ सय ६२ रुपैयाँको कारोबार भएको छ। 

आजको कारोबारमा सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड सेयरमूल्य १४.२६ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिटी होटल लिमिटेडको २३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक  घटेको छ। अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२४  प्रतिशत घटेको छ।

प्रकाशित : मंगलबार, जेठ ५ २०८३१५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend