शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

वाई-फाई सिक्स प्रविधिमा सीजी नेटको उच्च गतिको इन्टरनेट सेवा सुरु, ९० दिनसम्म फुल रिफन्ड अफर

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ५ २०८३
वाई-फाई सिक्स प्रविधिमा सीजी नेटको उच्च गतिको इन्टरनेट सेवा सुरु, ९० दिनसम्म फुल रिफन्ड अफर

काठमाडौं- इन्टरनेट सेवाप्रदायक कम्पनी सीजी नेटले उपभोक्तालाई अत्याधुनिक र तीव्र गतिको इन्टरनेट अनुभव प्रदान गर्न वाई-फाई सिक्स प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा बजारमा ल्याएको छ।

काठमाडौं- इन्टरनेट सेवाप्रदायक कम्पनी सीजी नेटले उपभोक्तालाई अत्याधुनिक र तीव्र गतिको इन्टरनेट अनुभव प्रदान गर्न वाई-फाई सिक्स प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा बजारमा ल्याएको छ।

पछिल्लो समय भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ, घरबाटै कार्यालयको काम गर्ने तथा स्मार्ट होम डिभाइसहरूको प्रयोग बढेसँगै सिर्जित उच्च गतिको मागलाई सम्बोधन गर्न कम्पनीले यो नयाँ प्रविधि सार्वजनिक गरेको हो।

प्राविधिक रूपमा वाई-फाई सिक्स प्रविधि पुरानो वाई-फाई फाइभको तुलनामा करिब ४.५ गुणा बढी ब्यान्डविथ क्षमताको हुन्छ। जसले अधिकतम ९.६ जीबीपीएससम्मको गति सपोर्ट गर्छ। 

यस प्रविधिमा लेटेन्सी अर्थात् इन्टरनेट ढिलो हुने समस्या करिब २० मिलिसेकेन्डमा सीमित हुने भएकाले अनलाइन गेमिङ वा भिडियो कलका क्रममा आउने ल्यागको झन्झट हुँदैन। साथै यो प्रविधिले एकैपटक १२८ वटासम्म उपकरणहरू सहजै धान्न सक्ने भएकाले घर वा कार्यालयमा धेरै प्रयोगकर्ता हुँदा पनि इन्टरनेटको गुणस्तर स्थिर रहन्छ। नेटवर्क क्षमतालाई चुस्त राख्न यसमा ओएफडीएमए, १०२४-क्यूएएम तथा ८ गुणा ८ एमयू-मीमो जस्ता आधुनिक प्रणालीहरू समावेश गरिएको जानकारी कम्पनीले दिएको छ।

नयाँ प्रविधिसँगै सीजी नेटले आफ्ना ग्राहकका लागि विभिन्न सुविधायुक्त वार्षिक प्याकेजहरू पनि सार्वजनिक गरेको छ। जसअनुसार इन्टरनेट मात्रको वार्षिक शुल्क१४ हजार ४सय ९९ रुपैयाँ  तोकिएको छ भने मेस राउटरसहितको प्याकेज १७ हजार १ सय ३० रुपैयाँ मा उपलब्ध हुनेछ । त्यसैगरी आईपीटीभी सहितको प्याकेज  १६ हजार २ सय ७६ तथा आईपीटीभी र मेस राउटर दुवै समावेश भएको प्याकेज १८ हजार ९ सय ७ रुपैयाँमा पाइनेछ।

नयाँ ग्राहकलाई आकर्षित गर्न सीजी नेटले बजारमा अहिलेसम्मकै आक्रामक र फरक योजना समेत अघि सारेको छ। कम्पनीले आफ्नो ४०० एमबीपीएस गतिको इन्टरनेट सेवामा ९० दिनसम्मको फुल रिफन्ड अफर घोषणा गरेको छ। 

यस योजनाअन्तर्गत सीजी नेटको नयाँ सेवा जडान गरेर प्रयोग गर्दा यदि ग्राहकलाई सेवाप्रति चित्त बुझेन वा चित्तबुझ्दो सन्तुष्टि मिलेन भने ९० दिनभित्र सेवा बन्द गरी आफ्नो पूरा रकम फिर्ता लिन सक्ने व्यवस्था कम्पनीले गरेको छ। खेल परिवर्तन गर्न सक्ने यो अफरले ग्राहकलाई ढुक्क भएर नयाँ प्रविधि परीक्षण गर्ने अवसर दिने विश्वास लिइएको छ।


प्रकाशित : मंगलबार, जेठ ५ २०८३१४:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend