शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

अब नेपालगञ्जमा पनि केएफसी

images
बिजनेस न्युज
images
images
अब नेपालगञ्जमा पनि केएफसी

बाँकेको नेपालगञ्जमा केएफसीको आउलेट खुल्ने भएको छ। कम्पनीका अनुसार यही सेप्टेम्बर ३० देखि केएफसी सञ्चालनमा आउन लागेको हो। यो केएफसीको उपत्यका बाहिरको चौथौ आउलेट हो भने सम्रगमा १२औँ आउलेट हुनेछ।

images
images

काठमाडौं- बाँकेको नेपालगञ्जमा केएफसीको आउटलेट खुल्ने भएको छ। कम्पनीका अनुसार यही सेप्टेम्बर ३० देखि केएफसी सञ्चालनमा आउन लागेको हो। यो केएफसीको उपत्यका बाहिरको चौथौ आउटलेट हो भने सम्रगमा १२औँ आउटलेट हुनेछ।

images
images
images

नेपालगञ्जको भाटभटेनी सुपरमार्केटको भवनमा ३० सेप्टेम्बरबाट आउटलेट सञ्चालनमा ल्याउने तयारी भएको कम्पनीले जनाएको छ।आउटलेटमा १५ जन स्थानीयले रोजगारी समेत पाउने भएका छन्। 

images

केही दिन अगाडि मात्रै केएफसीले नक्सालको भाटभटेनीमा रहको आउटलेट पनि पुनः सञ्चालमा ल्याएको थियो। इटहरीमा पनि भदौ १९ गते केएफसी सञ्चालनमा आएको थियो। अब केएफसीको देशभर १२ वटा आउटलेट हुनेछ।

images

काठमाडौं उपत्यकमा केएफसीका ८ वटा आउटलेट छन्। दरबारमार्ग, थापाथली, बौद्ध, पुल्चोकको लबिम मल, महाराजगञ्जको भाटभटेनी, ठिमीको भाटभटेनी, कलंकी र नक्सालमा केएफसीका आउटलेट छन्।

images
images

पोखराको लेकसाइड र भरतपुरको सिजी ल्यान्डमार्कमा पनि आउटलेट सञ्चालित रहेका छन्। इटहरीको आउटलेट ११ औँ आउटलेट छन्।

अमेरिकी  ब्रान्ड केएफसी र पिज्जाहटको पहिलो आउटलेट सन् २०१० देखि काठमाडौंमा खुलेको हो। भारत लगायतका देशहरुमा देवयानी इन्टरनेशनल भारतले केएफसी,पिज्जाहट लगायतका फ्रेन्चाइजीको व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ। 

सन् १९३० देखि सुरु भएको केएफसी अहिले संसारकै लोकप्रिय चिकेन रेष्टुरेन्ट चेनका रुपमा रहेको छ। क्रिस्पी,ग्रिल्ड लगायतका कुखुराको मासुका विभिन्न परिकार यसका सिग्नेचर मेन्युमा पर्छन्। 

संसारका ११८ देशमा १८ हजार ८७५ केएफसी रेष्टुरेन्ट छन्। सुरुमा नेपाल आउँदा विदेशबाट कुखुरा ल्याउने केएफसीले पछिल्लो समय भने नेपालकै कुखुरा खपत गरिरहेको छ।  

नेपालमा केएफसी आएसँगै क्रिस्पी/क्रन्ची चिकेन कल्चर विस्तार भएको छ। चिकेन परिकार केन्द्रित स्थानीय चेन रेष्टुरेन्टहरु पनि विस्तार भइरहेका छन्।

images

प्रकाशित : शनिबार, असोज २ २०७८०९:५६
प्रतिक्रिया दिनुहोस