सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

सर्वसाधारणका लागि सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ५ २०८३
सर्वसाधारणका लागि सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

काठमाडौं- सानिगाड हाइड्रो लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ।

काठमाडौं- सानिगाड हाइड्रो लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषका लागि पहिलो चरणको सेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

कम्पनीले आफ्नो कुल जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँ बराबरको ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

यो आईपीओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द हुने समय छिटोमा जेठ २० गते र ढिलोमा जेठ २८ गते तोकिएको छ।

इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूका साथै मेरो सेयरमार्फत सजिलै आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ।

इक्रा नेपालले यो आईपीओ निष्कासनका लागि कम्पनीलाई 'इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस' प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। 


प्रकाशित : मंगलबार, जेठ ५ २०८३१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend