मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

नेप्से परिसूचक सामान्य घट्यो, २ अर्ब ४५ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ४ २०८३
नेप्से परिसूचक सामान्य  घट्यो, २ अर्ब ४५ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ३९ कम्पनीको ५८ लाख २८ हजार ६ सय ४ कित्ता सेयर ४३ हजार ३ सय ९ पटक किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४ सय ४९ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको पहिलो कारोबार दिन आज आइतबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.०३ अंकले घढेर २७३०.९१ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १.०७ अंकले घटेर २७३१.९४ मा पुगेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ३९ कम्पनीको ५८ लाख २८ हजार ६ सय ४ कित्ता सेयर ४३ हजार ३ सय ९ पटक किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४ सय ४९ रुपैयाँको कारोबार भएको छ। 

आजको कारोबारमा सबैभन्दा धेरै इङ्गवा हाइड्रोपावर लिमिटेड मूल्य ८.४२ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै साहस ऊर्जा लिमिटेड ८ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक  घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६९  प्रतिशत घटेको छ।

बैंकिङ ०.१४, विकास बैंक ०.०३, हाइड्रोपावर ०.१६, लगानी ०.०९ तथा अन्य समूह ०.३१ प्रतिशत बढेका छन्।

फाइनान्स ०.०१, होटल तथा पर्यटन ०.२३, जीवन बीमा ०.०७, उत्पादन तथा प्रशाधेन ०.५८, माइक्रोफाइनान्स ०.२४, निर्जीवन बीमा ०.६९ र व्यापार ०.४८ प्रतिशत घटेका छन्।


प्रकाशित : सोमबार, जेठ ४ २०८३१५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend