काठमाडौं- नेपालमा ओमोडा ईफाइभको अभूतपूर्व सफलतासँगै यसको फेसलिफ्ट भर्सन आउने भएको छ। नयाँ ओमोडा ईफाइभ चीनबाट नेपालतर्फ हिँडेको छ।
नेपाली बजारमा हालसम्म १५ सय वटाभन्दा बढी गाडीहरू गुडिरहेको अवस्थाको र थप परिष्कृत प्रविधि र डिजाइनका साथ नयाँ ईफाइभ प्रो आउन लागेको हो।
ओमोडाको इलेक्ट्रिक लाइनअपको अर्को पुस्ताको रूपमा प्रस्तुत गरिएको नयाँ ईफोइभ प्रोले स्मार्ट, कनेक्टेड र भावनात्मक मोबिलिटीको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
आकर्षक तथा फ्युचरिस्टक डिजाइन, थप आरामदायी इन्टेरियर, अत्याधुनिक सुरक्षा प्रविधि तथा प्रिमियम विशेषतासहित यो गाडी आधुनिक नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको छ।
हाल उपलब्ध भएको ओमोडा ईफाइभमा ५४० डिग्री प्यानोरामिक क्यामेरा, १८(इन्च अलोय ह्विल, १९ भन्दा बढी एडास सुरक्षा विशेषता, ८(स्पीकर प्रिमियम साउन्ड सिस्टम, ५० वाटको वायरलेस चार्जर लगायत स्मार्ट ड्राइभिङ अनुभवका लागि डिजाइन गरिएका धेरै प्रिमियम तथा अत्याधुनिक प्रविधिहरू समावेश छन्।
नेपालमा सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा ओमोडा ईफाइभ आफ्नो डिजाइन, प्रविधि र प्रदर्शनका कारण विद्युतीय सवारी ग्राहकहरूबीच निकै लोकप्रिय बन्न सफल भएको छ।
अब छिट्टै नेपालमा सार्वजनिक हुन लागेको नयाँ ईफाइभ प्रोमार्फत ब्रान्डले अझ उन्नत प्रविधि, परिष्कृत डिजाइन तथा थप स्मार्ट र कनेक्टेड मोबिलिटी अनुभव प्रदान गर्दै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ।
नेपालमा ईभी पूर्वाधार विस्तार हुँदै जानु ग्राहकको विश्वास बढ्दै जानु तथा प्रिमियम इलेक्ट्रिक एसयूभीप्रति आकर्षण वृद्धि भइरहेका बेला नयाँ ईफाइभ प्रोको आगमनले नेपाली अटोमोबाइल बजारलाई अझ आधुनिक इलेक्ट्रिक मोबिलिटीको दिशामा अघि बढाउने विश्वास कम्पनीले लिएको छ।
नेपाली बजारमा ओमोडाका विद्युतीय कार एसपीजी अटोमोबाइल्स प्रालीले उपलब्ध गराउँदै अएको छ। बलियो नेटवर्क, ग्राहक केन्द्रित सोचमार्फत कम्पनीले अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।