मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो

आइतबार, जेठ ३ २०८३
सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो

आज चाँदीको मूल्य प्रतितोला ५ हजार ६० रुपैयाँ रहेको छ। गएको शुक्रबार चाँदी ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदी दुवैको मूल्य घटेको छ। 

गएको शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय र चाँदीको मूल्य ३ सय ३० रुपैयाँले घटेको हो। 

गएको शुक्रबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार २ लाख ९४ हजार रुपैयाँमा झरेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ६० रुपैयाँ रहेको छ। गएको शुक्रबार चाँदी ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

 


प्रकाशित : आइतबार, जेठ ३ २०८३११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend