आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आजबाट टाटा मोटर्सले ल्यायो 'द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प'

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १ २०८३
आजबाट टाटा मोटर्सले ल्यायो 'द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प'

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी जेठ १ गतेदेखि ३ गतेसम्म 'द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प' आयोजना गरेको छ।

ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना भएको यस विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प अन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन्।

यस एक्सचेन्ज क्याम्पमा टाटा मोटर्सका विभिन्न लोकप्रिय विद्युतीय तथा आइसिई सेगमेन्टका मोडलहरू उपलब्ध हुनेछन्। ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

एक्सचेन्ज मूल्यांकन सुविधा भने सिप्रदी एस्योर्ड प्रालिद्वारा प्रदान गरिने जनाइएको छ। ग्राहकहरूले देशभर रहेको टाटा मोटर्सको शोरुममा पुगी यस अवसरको लाभ लिन कम्पनीले आग्रह गरेको छ। 


प्रकाशित : शुक्रबार, जेठ १ २०८३१३:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend