शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सरकारी मूल्य पारदर्शिता सप्ताहमा जीओ अटोमोबाइल्सको साथ, एमजी कोमेट र विन्डसरका स्पेयर पार्ट्सको मूल्य सार्वजनिक

शुक्रबार, जेठ १ २०८३
सरकारी मूल्य पारदर्शिता सप्ताहमा जीओ अटोमोबाइल्सको साथ, एमजी कोमेट र विन्डसरका स्पेयर पार्ट्सको मूल्य सार्वजनिक

कम्पनीले नेपालमा उपलब्ध एमजीका जेन्युइन स्पेयर पार्टसको मूल्य सूची सार्वजनिक गरेको छ।

काठमाडौं- नेपालका लागि जेएसडब्लू एमजी गाडीहरूको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले सहज स्वामित्व, पारदर्शी स्पेयर पार्टसको मूल्य र भरपर्दो बिक्रीपछिको सेवाप्रति आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ। 

कम्पनीले यो पहल सरकारी मूल्य पारदर्शिता सप्ताहसँग समन्वय गर्दै सुरु गरेको बताएको छ। जसले सरकारको पारदर्शितासम्बन्धी अवधारणा र एमजीको खुला, स्पष्ट तथा सहज मोबिलिटीप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ। कम्पनीले नेपालमा उपलब्ध एमजीका जेन्युइन स्पेयर पार्टसको मूल्य सूची सार्वजनिक गरेको छ। 

यसमार्फत गाडी स्वामित्वलाई अझ सहज, किफायती र पारदर्शी बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एमजीका जेन्युइन स्पेयर पार्टस प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने भएकाले ग्राहकहरूले आफ्नो गाडीको मर्मत तथा व्यवस्थापन सहज र निर्धक्क रूपमा गर्न सक्नेछन्।  एमजीका सबै स्पेयर पार्टस भारतस्थित आधिकारिक सप्लाई चेनमार्फत ल्याइने कम्पनीले जनाएको छ।

mg comet sp price.jpg

यसले जेन्युइन गुणस्तर, छिटो उपलब्धता र किफायती मूल्य सुनिश्चित गर्ने विश्वास कम्पनीको छ। साथै ग्राहकलाई अझ बढी पारदर्शी जानकारी उपलब्ध गराउने उद्देश्यले कम्पनीले वार्षिक मर्मत खर्चसम्बन्धी विवरण पनि छिट्टै सार्वजनिक गर्ने जनाएको छ।  सहज स्वामित्व सुविधासँगै जीओ अटोमोबाइल्सले नेपालमा एमजीको बिक्रीपछिको सेवा सञ्जाललाई पनि थप सुदृढ बनाउँदै लगेको जनाएको छ। 

कम्पनीले काठमाडौंबाट सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ भने ग्राहक सहयोगलाई आफ्नो मुख्य प्राथमिकतामध्ये एकका रूपमा अगाडि बढाएको जनाएको छ। यी पहलमार्फत जीओ अटोमोबाइल्सले एमजी ग्राहकबीच दीर्घकालीन विश्वास र भरोसा निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार भरपर्दो, पारदर्शी र ग्राहककेन्द्रित स्वामित्व अनुभव प्रदान गर्नु नै यसको मुख्य उद्देश्य हो।

mg windsor sp price.jpeg


प्रकाशित : शुक्रबार, जेठ १ २०८३१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend