काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा ४ हजार र चाँदी ३ सय ५५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ७ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो। गत बुधबार एक तोला सुन ३ लाख २ हजार २ सय र चाँदी ५ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६ सय ७८ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।