शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

रोयल इन्फिल्डको ‘रेन्टल पार्ट्नर्स मिट २०२६’ सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ३० २०८३
रोयल इन्फिल्डको ‘रेन्टल पार्ट्नर्स मिट २०२६’ सम्पन्न

‘रेन्टल पार्ट्नर्स मिट २०२६’ सहभागीहरूबीच सहकार्य र निरन्तर संवादलाई थप मजबुत बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको थियो।

काठमाडौं- नेपालमा दुईपांग्रे पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित रोयल इन्फिल्ड नेपालले ‘रेन्टल पार्ट्नर्स मिट २०२६’ आयोजना गरेको छ। ग्वार्कोस्थित रोयल टुलिपमा सम्पन्न कार्यक्रममा नेपालभरका मोटरसाइकल रेन्टल व्यवसायसँग सम्बन्धित सरोकारवालाहरू सहभागी भएका थिए।

रोयल इन्फिल्ड को नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्राइभेट लिमिटेडले आयोजना गरेको कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका ४० मोटरसाइकल रेन्टल कम्पनीका सञ्चालक, रोयल इन्फिल्ड इन्डियाका प्रतिनिधि तथा अल्फा अटोमोटिभ का कर्मचारीहरूको सहभागिता रहेको थियो।
 
कार्यक्रममा नेपालमा विस्तार भइरहेको मोटरसाइकल पर्यटन क्षेत्रका सम्भावना, चुनौती र दिगो विकासका उपायबारे छलफल गरिएको थियो। सहभागीहरूले नियामकीय जटिलता, पूर्वाधार अभाव तथा व्यवसायिक दिगोपनासम्बन्धी समस्याबारे धारणा राखेका थिए। साथै, सरकारी निकायसमक्ष साझा सुझाव प्रस्तुत गर्न उद्योगबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।

enfield.jpg
 
कार्यक्रममा वक्ताहरूले दुईपांग्रे पर्यटनले नेपालमा विदेशी पर्यटक भित्र्याउने, रोजगारी सिर्जना गर्ने तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए। उनीहरूले नेपाललाई एडभेन्चर मोटरसाइकलिङको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न पनि यो क्षेत्र महत्वपूर्ण हुने उल्लेख गरेका थिए।

अल्फा अटोमोटिभ ले रेन्टल पार्टनरहरूसँग सहकार्य, समन्वय तथा उद्योगसम्बन्धी जानकारी आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। 

‘रेन्टल पार्ट्नर्स मिट २०२६’ सहभागीहरूबीच सहकार्य र निरन्तर संवादलाई थप मजबुत बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको थियो।

सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इन्फिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो।


प्रकाशित : बुधबार, वैशाख ३० २०८३१५:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend