शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

अप्रिलमा आए १२ सय ६ कार, कुन ब्रान्डका कति?

बिहीबार , वैशाख ३१ २०८३
अप्रिलमा आए १२ सय ६ कार, कुन ब्रान्डका कति?

यी सबै कारण नेपालमा तीन दर्जनभन्दा बढी ब्रान्डका सयभन्दा बढी मोडलका विद्युतीय कार बजारमा उपलब्ध छन्। केही ब्रान्डहरु आएर बन्द पनि भएका छन् भने नयाँ नयाँ ब्रान्ड आउनेक्रम पनि रोकिएको छैन।

काठमाडौं- २०२६ को अप्रिल महिनामा नेपाली बजारमा १ हजार २ सय ६ वटा कार आयात भएको छ। यो संख्या इन्टरनल कम्बस्चन इन्जिन र ब्याट्रीमा आधारित विद्युतीय सवारी दुवैको कुल संख्या हो। 

यो संख्यामा विद्युतीय सवारीको हिस्सा उल्लेख्य रहेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि पनि विद्युतीय कार प्रति उपभोक्ताको चासो थप बढेको छ। विद्युतीय कारको माग तथा पेनिट्रेसन भने नेपाली बजारमा २०२०/२१ देखि नै बढ्न थालिसकेको थियो।

सरकारले पेट्रोलियम कारको तुलनामा विद्युतीय कारमा लाग्ने कर निक्कै कम लगाएको थियो। सोहीकारण विद्युतीय कार विश्वका कयौँ देशहरुमाभन्दा सस्तो मूल्यमा उपलब्ध भएको थियो।

जब कि विश्वका सबैजसो देशमा अनुदानकाबीच अहिले पनि पेट्रोलियम कारको तुलनामा विद्युतीय कार महँगो छ। विद्युतीय कारको उत्पादन लागत नै महँगो छ तर अहिले यो घट्दो क्रममा रहेको छ। 

नेपाली बजारमा कर कम भएको र नेपालमै उत्पादित बिजुली प्रयोग भएर चल्ने भएकाले कार प्रेमीहरुको रोजाइमा विद्युतीय कार पर्दै आएको छ। विगतमा दोस्रो कारका रुपमा विद्युतीय कार खरिद गरिने गरेकोमा पछिल्ला दिनहरुमा पहिलो कार नै विद्युतीय किन्ने उपभोक्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। 

यी सबै कारण नेपालमा तीन दर्जनभन्दा बढी ब्रान्डका सयभन्दा बढी मोडलका विद्युतीय कार बजारमा उपलब्ध छन्। केही ब्रान्डहरु आएर बन्द पनि भएका छन् भने नयाँ नयाँ ब्रान्ड आउनेक्रम पनि रोकिएको छैन। 

नेपाली बजारमा चीन, भारत, थाइल्यान्ड, इन्डोनेसिया, युरोपेली देशलगायतबाट विद्युतीय कार आयात भइरहेको छ। आईसी इन्जिन कार भने भारत, जापान, कोरिया तथा युरोपेली देशबाट आयात भइरहेको छ। 

अप्रिलमा सबैभन्दा धेरै टाटाका कार नेपाल आएका छन्। यसमा धेरै विद्युतीय कारकै हिस्सा छ। अप्रिलमा टाटाका २ सय ४५ वटा, महिद्राका १ सय ९६, डोङफेङ(नामी) १ सय ९० वटा, बीवाईडीका १ सय ५० वटा कार आयात भएका छन्।

त्यस्तै जेइको तथा आईकार १ सय १३ वटा, चाङगन (दिपल) १ सय २ वटा र सुजुकीका ६२ वटा कार आयात भएका छन्। हुन्डाईका ३० वटा तयारी कार आयात भइको छ भने ४० वटाभन्दा बढी एसेम्बल किट आयात भएको छ। हुन्डाईको क्रेटा र भेन्यू नेपालमै उत्पादन हुँदै आएको छ। 

यी हुन् ब्रान्डअनुसार अप्रिलमा आयात भएको कार संख्या : 

बीएमडब्लू- १

डेन्जा- १

ल्यान्ड रोभर- १

एलएस अटो- १

टोयोटा- १

सुबारु- २

जीएसी- ३

जिनपिङ- ३

निसान- ३

फोर्ड- ५

जीली- ६

आईएम- ६

केई- ९

एक्सपेङ- १०

स्कोडा- ११

डायुन- १२

इसुजु- १२

किया- ३०

हुन्डाई- ३० (एसेम्बल किट ४० वटाभन्दा बढी)

सुजुकी- ६२

चाङगन (दिपल)- १०२

जेईको/आईकार- ११३

बीवाईडी- १५०

डोङफेङ(नामी)- १९०

महिन्द्रा- १९६

टाटा- २४५


प्रकाशित : बिहीबार , वैशाख ३१ २०८३१६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend