बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २८ २०८३
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ रहेको छ। आइतबार चाँदी ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ रहेको छ। आइतबार चाँदी ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

गत शुक्रबार एक तोला सुन २ लाख ९९ हजार ९ सय र त्यति नै परिमाणको चाँदी ५ हजार २ सय ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३११:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend