शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २८ २०८३
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ रहेको छ। आइतबार चाँदी ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ रहेको छ। आइतबार चाँदी ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

गत शुक्रबार एक तोला सुन २ लाख ९९ हजार ९ सय र त्यति नै परिमाणको चाँदी ५ हजार २ सय ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।


प्रकाशित : सोमबार, वैशाख २८ २०८३११:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend