बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २७ २०८३
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय १५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं- गत शुक्रबारको तुलनामा नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ। सुन तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदीको २५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ३ सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार एक तोला सुन २ लाख ९९ हजार ९ सय र त्यति नै परिमाणको चाँदी ५ हजार २ सय ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय १५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, वैशाख २७ २०८३११:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend