शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २७ २०८३
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय १५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं- गत शुक्रबारको तुलनामा नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ। सुन तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदीको २५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ३ सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार एक तोला सुन २ लाख ९९ हजार ९ सय र त्यति नै परिमाणको चाँदी ५ हजार २ सय ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय १५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, वैशाख २७ २०८३११:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend