शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

बिहीबार , वैशाख २४ २०८३
आज पनि बढ्यो सुनचाँदीको मूल्य

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय ३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं- बुधबारको तुलनामा नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतितोला १ हजार ८ सय र चाँदी १ सय ५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ।

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो। गत मंगलबार एक तोला सुन २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी ४ हजार ८ सय ८० रुपैयाँमा किनबेच भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय ३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , वैशाख २४ २०८३११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend