काठमाडौं- मंगलबारको तुलनामा नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा ५ हजार ८ सय र चाँदी १ सय ७५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ५५ रुपैयाँ कायम भएको छ। हिजो मंगलबार एक तोला सुन २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी ४ हजार ८ सय ८० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६ सय ३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।