शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

एलजी इलेक्ट्रोनिक्सको वास टावर बिक्री विश्वभर ३.२ मिलियन युनिटभन्दा बढी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २२ २०८३
एलजी इलेक्ट्रोनिक्सको वास टावर बिक्री विश्वभर ३.२ मिलियन युनिटभन्दा बढी

काठमाडौं- एलजी इलेक्ट्र्रोनिक्सले विश्वभर ३.२ मिलियनभन्दा बढी एलजी वास टावर युनिट बिक्री गर्न सफल भएको छ। यो उपलब्धिले कम्पनीको स्थान-बचत र ऊर्जा-दक्ष धुलाई समाधानप्रति विश्वव्यापी माग निरन्तर बढिरहेको देखाउँछ। एलजी वास टावर ले एकीकृत डिजाइनका साथै एआई डीडी र ड्युअल इन्भर्टर हिटपम्प जस्ता उन्नत प्रविधिहरू समेटेको छ।

सन् २०२० मा पहिलोपटक सार्वजनिक गरिएको एलजी वास टावर हाल ७७ देशमा उपलब्ध छ। उत्तर अमेरिकामा १.६ मिलियनभन्दा बढी, ल्याटिन अमेरिकामा १.६ लाख र एशियामा १.३ लाख युनिट बिक्री भइसकेको छ। यसले प्रयोगकर्ताहरूले सुविधा, स्थान बचत र ऊर्जा दक्षतामा जोड दिने प्रवृत्ति बढ्दै गएको देखाउँछ।

एलजी वास टावर मा रहेको एआई डीडी प्रविधिले कपडाको तौल, प्रकार र फोहोरको स्तर पहिचान गरी उपयुक्त धुने प्रक्रिया चयन गर्छ, जसले कपडाको हानि कम गर्दै राम्रो सफाइ सुनिश्चित गर्छ। ड्युअल इन्भर्टर हिटपम्प प्रविधिले कम तापक्रममा सुकाउने सुविधा प्रदान गर्छ, जसले कपडा र लिनेनलाई सुरक्षित राख्छ।

यसका साथै एआई वास, स्मार्ट पेयरिङ (वाश र ड्रायरबीच समन्वय गरेर उपयुक्त सुकाउने मोड स्वतः चयन गर्ने) र  धुने प्रक्रिया सकिनु अघि नै ड्रायर तताउने जस्ता सुविधाहरूले प्रयोगलाई अझ सहज बनाउँछन्।

एलजीले ग्राहकहरूको बदलिँदो जीवनशैलीअनुसार नयाँ मोडेल, एआई सुविधाहरू र विभिन्न रंग विकल्पहरू ल्याउने योजना बनाएको छ, जसले विभिन्न आवश्यकता र स्थानअनुसार विकल्प प्रदान गर्नेछ।

यो उपलब्धि मनाउन एलजीले दक्षिण कोरियामा विशेष प्रचारात्मक कार्यक्रमहरू आयोजना गर्नेछ भने यस्ता कार्यक्रमहरू अन्य देशहरूमा पनि गर्ने योजना छ।

एलजी होम एप्लायन्स सोलुसन कम्पनीका अध्यक्ष बेक सुङ-ताएका अनुसार, एलजी वास टावर ले कम्पनीका उन्नत प्रविधि र एआई प्रयोग गरी विश्वभरका ग्राहकलाई थप सहज कपडा हेरचाह अनुभव प्रदान गरेको छ, र भविष्यमा पनि ग्राहकको विश्वास जित्ने लक्ष्य राखिएको छ।

सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको आधिकारिक वितरक हो, जसले देशभर गुणस्तरीय उत्पादन तथा भरपर्दो बिक्रीपश्चात सेवा प्रदान गर्दै आएको छ।


प्रकाशित : मंगलबार, वैशाख २२ २०८३१२:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend