शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सीजी रिलायन्सले ल्यायो क्याम्पा इनर्जी गोल्ड बुस्ट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २० २०८३
सीजी रिलायन्सले ल्यायो क्याम्पा इनर्जी गोल्ड बुस्ट

काठमाडौं- चौधरी ग्रुप  र रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेडको संयुक्त लगानीमा स्थापित सीजी रिलायन्स बेभरेज प्रालीले नेपाली बजारमा नयाँ ऊर्जा पेय ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ सार्वजनिक गरेको छ।

काठमाडौं- चौधरी ग्रुप  र रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेडको संयुक्त लगानीमा स्थापित सीजी रिलायन्स बेभरेज प्रालीले नेपाली बजारमा नयाँ ऊर्जा पेय ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ सार्वजनिक गरेको छ।

यस नयाँ उत्पादनको सार्वजनिकसँगै कम्पनीले ऊर्जा पेय (इनर्जी ड्रिंक) खण्डमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको हो। यसअघि नै क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज जस्ता पेय पदार्थहरू बजारमा ल्याइसकेको क्याम्पा पोर्टफोलियोमा अब यो नयाँ ऊर्जा पेय पनि थपिएको छ।

सीजी रिलायन्सले कार्बोनेटेड सफ्ट ड्रिंकको दायराभन्दा बाहिर गएर ऊर्जा पेय श्रेणीमा आफ्नो स्थान मजबुत बनाउने उद्देश्यका साथ यो कदम चालेको हो। क्याम्पा इनर्जी गोल्ड बुस्टलाई अन्तर्राष्ट्रिय स्तरको ऊर्जा पेयको रूपमा तयार पारिएको छ।

जसमा विश्वस्तरीय गुणस्तर र उच्च प्रदर्शनलाई विशेष प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। गुणस्तरीय पेय पदार्थ भए तापनि कम्पनीले यसलाई नेपाली उपभोक्ताका लागि निकै सुलभ मूल्यमा उपलब्ध गराएको छ, जसअन्तर्गत २५० एमएलको क्यानको बजार मूल्य मात्र ८० रुपैयाँ तोकिएको छ। यो उत्पादन हाल देशभरका खुद्रा आउटलेटहरूमा सहजै उपलब्ध भइसकेको छ। 

यो ऊर्जा पेय मकवानपुरको मनहरीस्थित सीजीको आफ्नै अत्याधुनिक बोटलिङ प्लान्टमा उत्पादन गरिएको हो। जसले गर्दा बजारमा यसको गुणस्तर र निरन्तर आपूर्तिमा कुनै कमी नहुने सुनिश्चितता प्रदान गर्दछ। बजारमा उपलब्ध भएसँगै उपभोक्ताहरूबाट यसको स्वाद, क्याफिनको सन्तुलित प्रभाव र यसले दिने ऊर्जा प्रति अत्यन्तै उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको कम्पनीको दाबी छ।

यस उत्पादनको पछाडि दुई ठूला व्यवसायिक शक्तिहरूको सहकार्य रहेको छ। सीजी रिलायन्स बेभरेजमा नेपालको प्रतिष्ठित चौधरी ग्रुप र भारतको रिलायन्स इन्डस्ट्रिज लिमिटेड अन्तर्गतको एफएमसिजी व्यवसाय आरसिपिएलको साझेदारी छ। रिलायन्सले सन् २०२२ मा क्याम्पा ब्रान्ड अधिग्रहण गरी २०२३ मा भारतमा पुनः सार्वजनिक गरेको थियो भने हाल यो ब्रान्ड नेपालसहित यूएई, ओमान र बहराइन जस्ता अन्तर्राष्ट्रिय बजारमा द्रुत गतिमा विस्तार भइरहेको छ। नेपालमा भने चौधरी ग्रुपको बलियो बजार पहुँच, स्थापित आपूर्ति प्रणाली र स्थानीय उत्पादन क्षमताका कारण क्याम्पा ब्रान्डले छोटो समयमै आफ्नो बलियो पहिचान बनाउन सफल भएको छ।


प्रकाशित : आइतबार, वैशाख २० २०८३१२:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend