काठमाडौं- गत शुक्रबारको तुलनामा नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। सुन तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदी ६५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार एक तोला सुन २ लाख ९६ हजार १ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ९ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय ५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।