शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १८ २०८३
सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीकाे मूल्य ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ।

काठमाडौं- नेपली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतितोला ३ हजार ४ सय र चाँदी १ सय ३५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीकाे मूल्य ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको  मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो। गत बुधबार एक तोला सुन २ लाख ९४ हजार ५ सय रुपैयाँ र १ तोला चाँदी ४ हजार ९सय १५ मा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६ सय ५० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित : शुक्रबार, वैशाख १८ २०८३११:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend