काठमाडौं- बिहीबारबाट सुरु भएको दोस्रो 'चितवन अटो शो २०२६' मा सिप्रदी ट्रेडिङ प्रालिको चितवनका लागि टाटा कारको आधिकारिक बिक्रेता सफल मोटर्सले आकर्षक अफरसहित प्रदर्शन गरिरहेको छ।
सो अवसरमा टाटा टियागो ईभी र पन्च ईभीहरूमा ग्राहकहरुको उच्च आकर्षण रहेको छ। उद्घाटनका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले टियागो ईभी र पन्च ईभीहरु ग्राहकलाई हस्तान्तरण रेका थिए।
चितवन एक्स्पो सेन्टर भरतपुर-१० मा जारी अटो शोमा मुख्यमन्त्रीले सिप्रदीको प्रदर्शनी कक्ष अवलोकन गर्दै नयाँ ग्राहकहरूलाई टाटाका विद्युतीय गाडी टाटा टियागो ईभी र टाटा पन्च ईभीको साँचो हस्तान्तरण गरेका हुन्।
यसपटकको प्रदर्शनीमा हल नम्बर १ को स्टल नम्बर ५ मा टाटाका ईभी गाडीहरुको प्रदर्शन गरिरहेको छ। प्रदर्शनीमा मुख्य आकर्षकको रूपमा रहेका टाटाका ईभी गाडीहरु आफ्नो अत्याधुनिक प्रविधि, उच्च सुरक्षा रेटिङ र किफायती सञ्चालन खर्चका कारण अवलोकनकर्ताहरूको निकै आकर्षण बटुलिरहेका छन्।
भविष्यको सुरक्षित र प्रविधिमैत्री यात्राका लागि टाटाका यी गाडीहरू उत्कृष्ट रोजाइ बनेका छन्। इच्छुक ग्राहकहरूले 'चितवन अटो शो २०२६' को हल नम्बर १ को स्टल नम्बर ५ मा भ्रमण गरि थप जानकारीका साथै विशेष अफरहरुको साथ टाटा कारहरु लिन सक्ने कम्पनीले जनाएको छ।