शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्यारामाउन्ट मोटर्सले विलिङका चार नयाँ विद्युतीय सवारी ल्याउँदै

बिहीबार , वैशाख १७ २०८३
प्यारामाउन्ट मोटर्सले विलिङका चार नयाँ विद्युतीय सवारी ल्याउँदै

नेपालमा पनि सन् २०२३ देखि आफ्नो प्रभाव जमाउँदै आएको यस ब्रान्डलाई प्यारामाउन्ट मोटर्सले अब नयाँ र विविध उत्पादनहरूमार्फत अझ आक्रामक रूपमा अगाडि बढाउने रणनीति लिएको छ।

काठमाडौं- नेपालका लागि विलिङ मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले विद्युतीय सवारी पोर्टफोलियोलाई थप विस्तार गर्ने घोषणा गरेको छ।

विश्वप्रसिद्ध अटोमोबाइल समूह एसएआईसी जीएम विलिङको प्रविधि र साझेदारीमा निर्मित चार नयाँ मोडेलहरू छिट्टै नेपाल भित्र्याउने तयारी कम्पनीले गरेको हो।

सन् १९५८ देखिको लामो इतिहास बोकेको र विश्वभर ३ करोडभन्दा बढी सवारी साधन उत्पादन गरिसकेको एसजीएमडब्लूको विलिङ ब्रान्ड किफायती र व्यावहारिक यात्राका लागि विश्वभर चर्चित छ। नेपालमा पनि सन् २०२३ देखि आफ्नो प्रभाव जमाउँदै आएको यस ब्रान्डलाई प्यारामाउन्ट मोटर्सले अब नयाँ र विविध उत्पादनहरूमार्फत अझ आक्रामक रूपमा अगाडि बढाउने रणनीति लिएको छ।

आउँदै गरेका नयाँ मोडेलहरू र तिनका विशेषता :

एक्सियन ईभी : यो ७ सिटर क्षमताको प्रिमियम एसयूभी हो। ठूला परिवारलाई लक्षित गरी ल्याउन लागिएको यो एसयूभीमा ६९.२ किलोवाट आवरको म्याजिक ब्याट्री प्रो रहेको छ। जसले एक पटकको फुल चार्जमा ५ सय ३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। सुरक्षाका लागि यसमा ३६०-डिग्री क्यामेरा र अत्याधुनिक एडास प्रणालीजस्ता सुविधाहरू समावेश छन्।

विलिङ मिनी ईभी : सहरी क्षेत्रका लागि अत्यन्तै उपयुक्त यो कार अब ४ वटा ढोकासहित नयाँ स्वरूपमा आउँदैछ। यसको ग्लोबल स्मल ग्लोबल भेहिकल आर्किटेक्चरले यसलाई सुरक्षित बनाउनुका साथै यसले ३ सय १ किलोमिटरसम्मको रेन्ज दिन्छ। यसमा डीसी फास्ट चार्जिङको सुविधासमेत उपलब्ध छ।

डेरियन एमपीभी : लामो दूरीको यात्रा र प्रिमियम अनुभवका लागि यो ७ सिटर गाडी उत्कृष्ट विकल्प हुनेछ। ५ सय ४० किलोमिटरसम्मको रेन्ज, स्लाइडिङ ढोका र विलासी आन्तरिक सजावट यसका मुख्य विशेषता हुन्।

बिंगो ईभी : नेपाली सडकमा लोकप्रिय यो ह्याचब्याक अब थप शक्ति र परिष्कृत सुविधाहरूका साथ आउँदैछ। यो मोडेल ३१.९ किलोवाट आवर (३३३ किमी रेन्ज) र ३७.९ किलोवाट आवर (४१० किमी रेन्ज) गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। कार्यक्षमताका लागि यसमा ५० किलोवाटको मोटर जडान गरिएको छ। जसले ६७ एचपी पावर र १५० एनएम टर्क पैदा गर्छ। 

यसको आकर्षक 'रेट्रो' डिजाइनभित्र १०.२५ इन्चको डुअल इन्फोटेनमेन्ट स्क्रिन र ७९० लिटरसम्मको फराकिलो कार्गो स्पेस रहेको छ। सुरक्षालाई उच्च प्राथमिकता दिँदै यसमा एबीएस, ईबीडी र भेरियन्ट अनुसार ६ वटासम्म एयरब्यागहरू समावेश गरिएका छन्।

प्यारामाउन्ट मोटर्सले आफ्ना सबै विलिङ मोडेलहरूमा ८ वर्षको ब्याट्री वारेन्टी उपलब्ध गराउनेछ। यसले ग्राहकहरूमा विद्युतीय सवारीप्रति थप विश्वास जगाउने कम्पनीको विश्वास छ।

'हामी नेपाली ग्राहकहरूको आवश्यकता र यहाँको भौगोलिक अवस्था सुहाउँदा अन्तर्राष्ट्रिय स्तरका सवारी साधनहरू भित्र्याउन प्रतिबद्ध छौँ,' प्यारामाउन्ट मोटर्सका प्रवक्ताले जानकारी दिए। नयाँ लाइनअपले नेपालको दिगो यातायातको लक्ष्यलाई थप टेवा पुऱ्याउनेछ। यी नयाँ विलिङ मोडेलहरू छिट्टै देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध हुनेछन्।

 


प्रकाशित : बिहीबार , वैशाख १७ २०८३११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend