बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

हुम्लाको लिमी : जहाँ निर्वाचनअघि नै चुनिए वडाध्यक्ष र सदस्य

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ६ २०७८
images
images
हुम्लाको लिमी : जहाँ निर्वाचनअघि नै चुनिए वडाध्यक्ष र सदस्य
images
images

सिमकोट-  हुम्लाको नाम्खा गाउँपालिकाको लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरू चुनेका छन्। 

images
images

चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरू चुनेका हुन्। वडाध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन्। उहाँ नेपाली कांग्रेसका हुन्। त्यस्तै सदस्यमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएको स्थानीयवासी कुन्जोक तामाङले जानकारी दिए।

images
images

उनका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनीहरूको मात्रै मनोनयन दर्ता हुनेछ र उनीहरूलाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ। 'गाउँलेहरूको भेलाले वडाध्यक्ष र सदस्य चुने र अब त्यसलाई प्रक्रिया पुर्‍याएर औपचारिकता दिन बाँकी छ', उनले भने, 'अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो।'

images
images

५ सय ४१ मतदाता

नाम्खा गाउँपालिका-६ का तीन गाउँमा तीनवटा मतदान केन्द्र रहेका छन्। तीमध्ये सुनखानी आधारभूत विद्यालय हल्जीमा २२६, भृकुटी प्राथमिक विद्यालय जाङको मतदान केन्द्रमा २०५ र हिमशिखर प्राथमिक विद्यालय तिलमा ११० गरेर कूल ५४१ म्तदाता सङ्ख्या छ। 

बर्सेनि बैठक मङ्सिरमा

हरेक वर्ष लिमी गाउँका नागरिकको बैठक मङ्सिरमा बसेर महत्वपूर्ण निर्णय गर्दै आएका छन्। मङ्सिरको अन्तिममा महत्वपूर्ण निर्णय लिनका लागि तीन गाउँको संयुक्त बैठक बस्छ। यो पटकको बैठकको एकमात्रै एजेण्डा आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्नु थियो। 

गाउँलेहरूको भेलाले दोस्रो कार्यकालका लागि लामालाई सर्वसम्मत् वडाध्यक्ष चयन गरेका छन्। त्यहाँका स्थानीयवासीको आफ्नै नीतिनियम छ । तीन गाउँको भेलाले गरेको निर्णयविपरीत यहाँ कोही जाँदैनन्।

स्थानीयवासीका अनुसार गाउँलेले चुनेको अध्यक्ष फरक हुन्छ भने सरकारी कामकाज र प्रक्रियाका लागि छुट्टै अध्यक्ष चयन हुन्छ। सरकारी कामकाजका लागि चुनिने अध्यक्ष पनि गाउँले चुनेको अध्यक्षको निर्देशनानुसार चल्नुपर्छ। रासस


प्रकाशित : आइतबार, चैत ६ २०७८०७:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend