बिहीबार , जेठ ३ गते २०८१    
images
images

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इसेवा वालेटका एजेण्ट नेटवर्कबाट पनि पाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २ २०७८
images
images
इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इसेवा वालेटका एजेण्ट नेटवर्कबाट पनि पाइने
images
images

काठमाडौं-इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका एजेन्ट नेटवर्क (जोन,पोइन्ट तथा क्यासपोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ। 

images
images
images

इसेवा मनि ट्रान्सफरले संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनीक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्राउँदै आएको छ भने इसेवाले नेपालमा भुक्तानी प्रणालीको सेवा दिँदै आएकोे छ। 

images

यी दुई कम्पनी एफवान सफ्न इन्टरनेशनलका अन्तरगरका भगनी संस्था हुन् । यो संगै, अब विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १०,००० बढी भुक्तानी केन्द्रसंगै अब इसेवा वालेटका देशभरी रहेका १ लाख ३० हजार भन्दा बढि जोन, पोइन्ट तथा क्यासपोइन्ट मार्फत समेत पाइन्छ। 

images
images

त्यस्तै, इसेवाका एजेन्ट नेटवर्कबाट इसेवा मनी ट्रान्सफर मार्फत मुलुकभर आन्तरिक रेमिट्यान्स् पठाउन मिल्नुका साथै आफ्नो नाममा आएको रेमिट्यान्स प्राप्त गर्न समेत सकिनेछ।

images
images

यसका साथै इसेवाका ५० लाख बढी प्रयोगकर्ताले इसेवा वालेटबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरि देशभरी आन्तरिक रेमिट्यान्स पठाउन सकिनेछ र विदेशबाट पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै आफ्नो इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त ७७ रुपैयाँ बोनस समेत प्राप्त गर्न सकिनेछ।

सन् २००९ मा स्थापना भएको इसेवा प्रा ली, नेपालको मात्र नभएर दक्षिण एसियकै पहिलो डिजिटल वालेट हो। नेपाल राष्ट्र बैंकबाट पेमेन्ट सर्भिस प्रोभाइडरको लाइसन्स प्राप्त इसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५१ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। इसेवा मनी ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ। 

 


प्रकाशित : बुधबार, चैत २ २०७८०७:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend