बिहीबार , वैशाख २० गते २०८१    
images
images

दिगो विकासका लागि योजनाबद्ध आवास र सुन्दर बाटोघाटो चाहिन्छ : प्रधानमन्त्री देउवा

images
बिजनेस न्युज
images
images
दिगो विकासका लागि योजनाबद्ध आवास र सुन्दर बाटोघाटो चाहिन्छ : प्रधानमन्त्री देउवा
images
images

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगर र नगर पूर्वाधार सेवाहरू जस्तै योजनाबद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलेसा, खुला हरियाली क्षेत्र, सरसफाइ आदिको समुचित प्रबन्ध गर्न आवश्यक हुने बताएका छन्। 

images
images
images

'आज मुलुकका अधिकांश नगरपालिकाहरू अवस्थित सहरीकरणबाट गुज्रिरहेका छन् । यसले एकातिर नगरको प्राकृतिक सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको छ भने अर्कातर्फ हाम्रा सहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रका रूपमा परिणत भइरहेका छन् । अब राजधानी सहर काठमाडौँदेखि मुलुकका ठूला साना सबै सहरलाई दिगो विकासको अवधारणाबाट अघि बढाउनुपर्ने खाँचो छ', प्रधानमन्त्री देउवाले नेपाल नगरपालिका संघको २९औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा भने।

images

सहरमा जथाभावी निर्माण कार्य हुन नदिएर सुनियोजित र एकीकृत तवरले पूर्वाधार संरचनाहरूलाई विकास गर्न आवश्यक रहेको बताउँदै उनले मुलुकभित्रका सबै नगरपालिकाहरूलाई आ–आफ्नो मौलिक पहिचान र विशिष्टतासहित आफ्नो नगरपालिकालाई नमूना नगरपालिकाका रूपमा स्थापित गर्ने गरी कार्य गर्न अनुरोध गरे।

images

प्रधानमन्त्री देउवाले सीमित साधनस्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम समयमै सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्नसक्नुपर्ने बताएका छन्।

images
images

उनले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला र जनताको घरआँगनको सरकार भएको बताउँदै नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताए।

स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवासुविधाको आधारमै जनताले सरकारप्रतिको समग्र धारणा निर्माण गर्ने हुँदा नगरपालिकाहरूले जनताको मन जित्ने गरी काम गर्न आवश्यक रहेको उनको भनाइ थियो। प्रधानमन्त्री देउवाले भने, 'विसं २०४६ को जनआन्दोलनपश्चात् मुलुकमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भएपछि २०५० सालमा सम्पूर्ण नगरपालिकाहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा स्थापित यस संघले विगत तीन दशकदेखि नगरपालिकालाई अधिकार सम्पन्न बनाउन र सशक्त जनप्रतिनिधिमूलक निकायका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान गर्दै आइरहेको छ।'

प्रधानमन्त्री देउवाले सबै नगरपालिकालाई सहरको मौलिक पक्षमा नकारात्मक असर नपर्ने गरी सहरलाई स्वच्छ, सुरक्षित आवासस्थलका साथै आर्थिक क्रियाकलापको हबका रूपमा विकास गर्न एकापसमा समन्वय मिलाई कार्य गर्न आग्रह गरे।

यस संघले स्थानीय तहको संवैधानिक व्यवस्था, स्थानीय तह पुनःसंरचनालगायत संघीयताको कार्यान्वयनमा निर्वाह गरेको भूमिका सराहनीय भएको बताउँदै उनले त्यसैकारण नेपाल सरकारका विभिन्न समितिहरूमा स्थानीय तहका संघ–महासंघहरूको प्रतिनिधित्व रहेको बताए।

उनले स्थानीय तहको नेतृत्व विकास र दक्ष जनशक्ति उत्पादनको क्षेत्रमा संघले व्यावसायिक संस्थाका रूपमा अझ प्रभावकारी रूपमा कार्य गरी स्थानीय सरकारलाई सबल र सक्षम बनाउँदै जनताको विकास र सेवा प्रवाहको मागलाई प्रभावकारी ढङ्गले सम्बोधन गर्न सघाउने कार्यमा आगामी दिनमा पनि उत्तिकै क्रियाशीलता देखाउनेछ भन्ने विश्वास व्यक्त गरे। रासस

images

प्रकाशित : आइतबार, फागुन २९ २०७८०१:५५
प्रतिक्रिया दिनुहोस