आइतबार, भदौ २३ गते २०८१    
images
images

विद्युत प्राधिकरणले भाडा बढाएको भन्दै इन्टरनेटको मूल्य बढाउने व्यवसायीको  निर्णय

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
images
images
विद्युत प्राधिकरणले भाडा बढाएको भन्दै इन्टरनेटको मूल्य बढाउने व्यवसायीको  निर्णय

इन्टरनेट सेवाप्रदायकहरुको संस्था आइस्पानले इन्टरनेट सेवाको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए। 

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बढाएको भन्दै इन्टरनेट सेवाप्रदायकहरूले उपभोक्ता मूल्य बढाउने निर्णय गरेका छन्। 

images
images
images

इन्टरनेट सेवाप्रदायकहरुको संस्था आइस्पानले इन्टरनेट सेवाको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए। 

नेपाल विद्युत प्राधिकरणले पोलको शुल्क तिर्न ताकेता गर्दै आएको थियो। तोकिएको मितिमा मूल्य नतिरे तार झारिदिने भन्दै चेतावनी दिएपछि इन्टरनेट सेवाप्रदायकहरूले मूल्य बढाउने निर्णय गरेका हुन्। 

प्राधिकरणले पहिला प्रतिपोल २५० रुपैयाँ लिने गरेको थियो। तर गत वर्ष प्रति किलोमिटरका दरले शुल्क लगाउने निर्णय गरेको थियो। यसो गर्दा प्रतिपोल ७५० रुपैयाँ पर्ने व्यवसायीहरूले बताएका छन्। 

images

'पहिलेको तुलनामा पाँच सय रुपैयाँ शुल्क बढेपछि हामीले सोहीअनुसार उपभोक्ता मूल्य बढाउने निर्णय गरेका हौँ' पराजुलीले बिजनेस न्युजसँग भने। सहरी क्षेत्रमा प्रति महिना प्रति ग्राहक १५० र ग्रामीण क्षेत्रमा ३ सय रुपैयाँ बढाउने निर्णय गरिएको उनको भनाइ छ। 

तीन सय रुपैयाँसम्म मूल्य बढाउने निर्णय गरेर नेपाल दूरसञ्चार प्राधिकरणमा अनुमतिका लागि प्रक्रिया सुरु गरिएको आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले जानकारी दिए। 

संस्थाले निर्णय गरेको र त्यसलाई कार्यान्वयनमा लिनका लागि प्रक्रिया सुरु गरिएको उनले बताए। 

केही दिन अघिमात्रै नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेभित्र तोकिएको शुल्क तिरेर नवीकरण गर्न आउन व्यवसायीहरूका नाममा सूचना जारी गरेको थियो। यदि तोकिएको मितिमा नवीकरण गर्नेको तार काटिदिने प्राधिकरणले चेतावनी दिएको थियो। 

प्राधिकरणका विभिन्न कार्यालयहरूले यसअघि नै तार झार्न सुरु गरिसकेको पराजुलीले बताए। सेवा नै अवरुद्ध हुनुभन्दा मूल्य बढाउन उपयुक्त भएको पराजुलीको भनाइ छ। 

' अहिले धेरैको मुख्य काम नै इन्टरनेटमा अडिएको छ। शिक्षादेखि कामसम्म इन्टरनेटबाटै हुन थालेको छ। हामीले प्राधिकरणसँग भिडेर बस्नुभन्दा मूल्य बढाउनु उपयुक्त ठान्यौँ' उनले भने' तर यो मूल्य बढ्नुको एकमात्र कारण विद्युत प्राधिकरणको निर्णय हो।' 


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८१०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend