बिहीबार , वैशाख २० गते २०८१    
images
images

प्रधानमन्त्री देउवाले भने - नेपालको विकासका लागि एमसीसी आवश्यक  

images
बिजनेस न्युज
images
images
प्रधानमन्त्री देउवाले भने - नेपालको विकासका लागि एमसीसी आवश्यक  
images
images
पर्सा- प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्‍बाट पारित भएको एमसीसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका छन्। उनले एमसीसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभइ अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गरे।
 
नेपाली कांग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदास्थापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गरे।
 
सभालाई सम्बोधन गर्दै प्रमानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताए।
 
कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने जानकारी दिए। उनले गठबन्धनसँग मिली निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भावना प्रबल भएकाले गठबन्धनमा चुनाव लड्ने विषयमा दलहरुसँग छलफल चलिरहेको बताए।
 
विसं २०७४ को चुनावमा कांग्रेस कमजोर भएर नभइ सबै कम्युनिष्टहरू एक भएकाले कांग्रेसको हार भएको स्पष्ट गर्दै गठबन्धनसहित निर्वाचनमा जाने विषयमा छलफल भइरहेको समेत बताए।
 
विभिन्न दल परित्याग गरी कांग्रेस पार्टीमा प्रवेश गरेका पर्साका पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार (मन्टु)लगायतका नेता–कार्यकर्तालाई सभापति देउवाले कांग्रेस पार्टीमा स्वागत गरेका छन्।
 
कांग्रेस पर्साका नवनिर्वाचित अध्यक्ष जनारधनसिंह क्षेत्रीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, संविधानसभा सदस्य अनिल रुङ्गटा, प्रतिनिधिसभाका पूर्वसदस्य सुरेन्द्र चौधरीलगायतले आउने तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत हासिल गर्ने दाबी गरेका थिए। रासस

images

प्रकाशित : बिहीबार , फागुन २६ २०७८०८:३६
प्रतिक्रिया दिनुहोस