बिहीबार , जेठ ३ गते २०८१    
images
images

नेपाल टेलिकमको तरक्की : पाँच महिनामै थपिए १६ लाख ग्राहक, आम्दानीमा पनि वृद्धि 

images
मंगलबार, फागुन २४ २०७८
images
images
नेपाल टेलिकमको तरक्की : पाँच महिनामै थपिए १६ लाख ग्राहक, आम्दानीमा पनि वृद्धि 

उपभोक्ताको आकर्षण जहाँ बढी छ त्यही टेलिकमको ग्राहक आधार बढ्नु भनेको व्यापारमा अझै राम्रो हुने संकेत देखिएको अधिकारीको भनाइ छ। 

images
images

काठमाडौं- सरकारी स्वामित्व भएको नेपाली टेलिकमले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा उत्साहजनक विस्तार गर्न सफल भएको छ। 

images
images
images

नेपाल टेलिकमले यो अवधिमा ग्राहक संख्या र आम्दानीमा सफलता हात पारेको छ। नेपाल टेलिकमले साउनदेखि मंसिरसम्म १६ लाख ७४ हजार १०३ जीएसएम ग्राहक थप गरेको छ। 

images

टेलिकमले जीएसएम मोबाइल सेवा एफटीटीएच तर्फका सेवामा उत्साहजनक विस्तार गर्न सफल भएको छ। यी दुई सेवामा कम्पनीले ग्राहक संख्या बढाउन सफल भएको छ। 

images
images

निजी सेवा प्रदायकहरूको आक्रामक विस्तार र प्रबर्द्धनकै बीचमा सरकारी स्वामित्वको टेलिकमले यो सफलता पाउन सफल भएको हो। 

images
images

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार २०७८ को असारसम्म नेपाल टेलिकमका २ करोड ११ लाख ग्राहक थिए। मंसिरममा त्यो बढेर २ करोड २७ लाख पुगेको छ। 

पछिल्लो समय कम्पनीले गरेको पूर्वाधार विस्तारले ग्राहक संख्या थपमा सहयोग गरेको कम्पनीका अधिकारीहरूको भनाइ छ। पूर्वाधार विस्तारसँगै उपभोक्तामैत्री प्रतिस्पर्धी व्यापार रणनीतिको प्रभाव ग्राहक संख्यामा देखिएको कम्पनीका प्रवक्ता शोभन अधिकारीले बताए। 

‘सेवाको मुख्य आधार भनेको गुणस्तरीय पूर्वाधार हो। यस्तो पूर्वाधार निर्माणमा हामी सँधै जिम्मेवार भएर लाग्छौं।  नयाँ प्रविधि अनुसारको त्यो काम अहिले पनि भएको छ। योसँगै उपभोक्ताले रुचाउने खालका प्रतिस्पर्धी व्यापार रणनीतिका कारणले पनि यो सम्भव भएको हो’ उनले भने। 

टेलिकमको फोरजी कभरेज पनि बढ्दै गएको छ। देशका अधिकांश भूभागमा पूर्वाधार विस्तार भएको छ। यसले गर्दा पनि उपभोक्तामा आकर्षण बढ्दै गएको छ। 

पछिल्लो समय कम्पनीले ल्याएका अफर तथा प्याकेज प्रतिको आकर्षण बढ्दै गएकाले पनि ग्राहक थपिने मात्र होइन तिनिहरूको इन्गेजमेन्ट पनि कायमै हुने अधिकारीको दाबी छ। 

आम्दानी पनि वृद्धि 

ग्राहकको वृद्धिको परिणाम कम्पनीले गर्ने व्यापार र आम्दानीमा पनि देखिएको अधिकारीको भनाइ छ। आकर्षक प्याकेजले ग्राहकलाई एकपटक ताने पनि गुणस्तरीय सेवाको निरन्तरताले मात्र दीगो हुन्छ। 

'त्यही दीगो भएपछिमात्र व्यापारमा प्रतिफल देखिन्छ। कम्पनीको दोस्रो त्रयमासको रिपोर्टले त्यो देखाएको पनि छ' उनले भने। 

टेलिकमले चालु आवको दोस्रो त्रैमासमा  कम्पनीको कुल आम्दानी ८.३६ प्रतिशतले बढेर  १९ अर्ब २० करोड ७२ लाख १६ हजार पुगेको छ। गत वर्षको तुलनामा कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ। 

दोस्रो त्रयमासमा कम्पनीको आम्दानीमात्र होइन खुद नाफामा पनि उच्च वृद्धि देखिएको छ। आम्दानीसँगै खर्च नियन्त्रण गर्दै कम्पनीले १८ प्रतिशतले नाफा बढाएको छ। यो अवधिमा कम्पनीले ३ अर्ब २८ करोड नाफा गरेको छ। 

पछिल्लो समय थपिएका ग्राहकको प्रतिफल आगामी त्राइमासमा देखिने अधिकारीको भनाइ छ। अहिले थपिएका ग्राहकलाई कम्पनीले अझै आकर्षिक अफर दिएर उनीहरूको आकर्षण कायमै राख्ने उनको विश्वास छ। 

'हामी पछिल्लो समय प्रतिस्पर्धी व्यापार रणनीतिमा बढी केन्द्रीत छौं। यसको प्रतिफल पनि देखिँदै आएको छ' उनले भने आगामी दिनमा कम्पनीले अझै राम्रो प्रगति गर्नसक्छ।' 

टेलिकमले फोरजी कभरेज बढाएपछि भ्वाइसभन्दा डेटाको व्यापारमा राम्रो प्रगति गरेको छ। व्यापारको आकार सानो भएपनि वृद्धिदर डेटा सेगमेन्टमा उच्च रहेको छ। उपभोक्ताको आकर्षण जहाँ बढी छ त्यही टेलिकमको ग्राहक आधार बढ्नु भनेको व्यापारमा अझै राम्रो हुने संकेत देखिएको अधिकारीको भनाइ छ। 

images

प्रकाशित : मंगलबार, फागुन २४ २०७८०१:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend