बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

पूर्वपश्चिम राजमार्गको बुटवल पश्चिम विस्तार गर्न विश्व बैंक इच्छुक

images
शुक्रबार, असोज १ २०७८
images
images
पूर्वपश्चिम राजमार्गको बुटवल पश्चिम विस्तार गर्न विश्व बैंक इच्छुक

सरकारले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने नीति लिएको छ। देशको प्रमुख राजमार्गलाई एसियाली हाइवे स्ट्यान्डर्ड अनुरुप चार लेनमा विस्तार गर्न लागिएको हो।

images
images

काठमाडौं- सरकारले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने नीति लिएको छ। देशको प्रमुख राजमार्गलाई एसियाली हाइवे स्ट्यान्डर्ड अनुरुप चार लेनमा विस्तार गर्न लागिएको हो।

images
images

वर्षौं पहिलो दुई लेनमा बनेको सो राजमार्ग एसियाली स्ट्यान्डर्डमा स्तरोन्नती गर्ने योजना अनुरुप सरकार अघि बढेको हो। सोहीअनुसार बुटवलपूर्वको खण्डमा काम सुरु भइसकेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवलदेखि महेन्द्रनगरसम्मको खण्ड विस्तारका लागि विश्व बैंकले चासो देखिएको छ। 

images
images

विश्व बैंकले बुटवल पश्चिमको खण्ड विस्तारका लागि अध्ययन गर्न इच्छा देखाएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले बताए। 

images
images

‘पूर्वपश्चिम राजमार्गको अन्तर्गत बुटवलभन्दा पश्चिम खण्डको विस्तारका लागि विश्व बैंकले अध्ययन गर्ने कुरा भएको छ,’ उनले भने, ‘वितार गर्नुअघि सम्भाव्यता अध्ययन, त्यसपछि विस्तृत अध्ययन अनिमात्र निर्माणको चरणमा जानेहुँदा प्रारम्भिक अध्ययन गर्न विश्व बैंक सकारात्मक देखिएको छ।’ 

पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा-लौकी, नारायणघाट-पथलैया र बुटवल-गोरुसिंहे सडक खण्ड ४ लेनमा विस्तार गर्न काम अघि बढिसकेको छ। सडक विभाग आयोजन निर्देशनालय (एडीबी) ले यी सडक विस्तार गरिरहेको छ। 

निर्देशानलयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने परामर्शदातन छनोट गरी ठेक्का लगाइसकिएको आयोजनाले जनाएको छ। सुसङ इआरएमसी टेक स्टुडिओ अफ इन्जिनरिङले यी तीन खण्डको डीपीआर बनाउने जिम्मा पाएको हो।

दक्षिण कोरियाली परामर्शदाता सुसङ इन्जिनियरिङले काठमाडौं-तराई मधेश फास्ट्राकको समेत डीपीआर तयार गरेको थियो। दुई लेनको पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्न आवश्यक डीपीआर बनाउने जिम्मा सुसङ इआरएमसीटेक स्टुडिओ अफ इन्जिनरिङले पाएको थियो। 

सडक विभाग आयोजना निर्देशनलय (एडीबी) र सुसङ र इआरएमसीरटेक स्टुडिओ अफ इन्जिनरिङबीच २०७७ असोज १८ मा सम्झौता भएको थियो।

परामर्शदाताले भ्याट बाहेक २३ करोड ६५ लाख रुपैयाँ र १५ लाख ५७ हजार अमेरिकी डलरमा डीपीआरको जिम्मा पाएको थियो। सम्झौता बमोजिम परामर्शदाताले दुई वर्षभित्रमा डीपीआर तयार गरि निर्देशनालयलाई हस्तान्तरण गर्नुपर्ने छ। 

काँकडभिट्टा-लौकी १ सय २० किलोमिटर, पथलैया-नारायणघाट १ सय ६ किलोमिटर र बुटबल-गोरुसिंहे ४४ किलोमिटर गरि पूर्वपश्चिम राजमार्गलाई ३ खण्डमा बाँडिएको छ। हाल पूर्वपश्चिम राजमार्ग २ लेनको छ। 

यसलाई विस्तार गरी ४ लेनको बनाउन उद्देश्यले सरकारले काम अघि बढाएको हो। पूर्वपश्चिम राजमार्गको स्ट्यान्डर्ड ४ लेनको भएपनि सहरी क्षेत्रमा भने दायाँबायाँ सर्भिसलेन सहित ६ लेनको सडक बन्ने छ।  

नारायणघाट-बुटवल सडक खण्डको ठेक्का लागेर निर्माण सुरु भइसकेको छ। चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले नारायणघाटदेखि बुटवल सडक खण्ड निर्माण गरिरहेको छ। 

तर निर्माण कम्पनीले अपेक्षाकृति प्रगति गर्न सकेको छैन। हालसम्म उक्त सडकको भौतिक प्रगति करिब ८ प्रतिशतमात्र रहेको छ। 

कमला-कञ्चनपुर सडक खण्ड विस्तार गर्ने निर्माण कम्पनीका रुपमा चाइना रेल्वे ग्रुप छनोट भएको थियो। 

पथलैया-ढल्केबहर सडक खण्डको डीपीआर बनाउन सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले प्रक्रिया अघि बढाएको हो। यो सडक खण्ड विश्व बैंकको ऋण सहयोगमा निर्माण हुनेछ। 

सरकारले पूर्वपश्चिम राजमार्गको विस्तार सबै काम पाँच वर्षभित्र सक्ने लक्ष्य राखेको छ। विस २०१९ सालमा निर्माण सुरु भएको पूर्वपश्चिम राजमार्गको लम्बाई १ हजार २८ किलोमिटर रहेको छ।


प्रकाशित : शुक्रबार, असोज १ २०७८०२:१७
  • सम्बन्धित विषय:

  • # विश्व बैंक
  • # पूर्वपश्चिम राजमार्ग
  • # सडक विस्तार
  • # एडीबी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend