शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

ओमिक्रोनको प्रभाव न्यून हुँदै पर्यटनमा, बढ्दैछ विदेशीको आगमन 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १९ २०७८
images
images
ओमिक्रोनको प्रभाव न्यून हुँदै पर्यटनमा, बढ्दैछ विदेशीको आगमन 

अहिलेको ट्रेन्डमा गए सन् २०२२ को अन्त्यसम्म कोरोना अघिकै तहमा पर्यटक आगमण पुग्ने व्यवसायीको विश्वास छ। 

images
images

काठमाडौं- सन् २०२१ को अन्तिम महिनादेखि ओरालो लागेको विदेशी पर्यटक आगमनको ट्रेन्डमा फेरि सुधार देखिएको छ। 

images
images

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कारणले गर्दा डिसेम्बरदेखि घट्न सुरू गरेपनि पछिल्लो समय फेरि बढ्न थालेको छ। सन् २०२१ को डिसेम्बरमा नोभेम्बरको तुलनामा घट्दै आएर २०२२ को जनवरीमा १६ हजारमा झरेको थियो। 

images
images

फेब्रुवरीमा आएर फेरि वृद्धि देखिएको छ। 

images
images

नेपाल पर्यटन बोर्डका निर्देशक मनी लामिछानेका अनुसार फेब्रुवरीमा १९ हजार विदेशी पर्यटक भित्रिएका छन्। 

ओमिक्रोन भेरियन्टका कारणले ल्याइएको क्वारेन्टिन तथा अन्य नियमले विदेशीको आगमनलाई नियन्त्रण गरेको थियो। पछिल्लो समय भाइरसको प्रभाव न्यून हुँदै गएपछि फेरि पर्यटक संख्या बढ्न थालेको छ। 

अहिलेको ट्रेन्डमा गए सन् २०२२ को अन्त्यसम्म कोरोना अघिकै तहमा पर्यटक आगमण पुग्ने व्यवसायीको विश्वास छ। 


प्रकाशित : बिहीबार , फागुन १९ २०७८११:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend