बिहीबार , जेठ ३ गते २०८१    
images
images

घरघरमा खानेपानी धारा पुगेपछि इच्छाकामनामा खुसीयालि

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १९ २०७८
images
images
घरघरमा खानेपानी धारा पुगेपछि इच्छाकामनामा खुसीयालि
images
images

मुग्लिन- घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका -६ ढङ्ङ्ग्रेका बासिन्दा खुसी भएका छन्। पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुसी भएका हुन्। 

images
images
images

ढुग्रे  गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए। श्री माध्यामिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापकसमेत रहनुभएका स्थानीय विश्वनाथ गुरुङले पुस्तौँदेखि खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यावाद दिए।

images

पुस्तौँदेखी घण्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेको यहाँको बासिन्दाले स्थानीय सरकार आएसगैँ घरघरमा धारा आउँदा आफूहरू खुसी भएको बताए। उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था रहेका थिए।

images
images

उनले भने, 'एक गाग्री पानी लिन घण्टौँ लगाएर धाउनुपर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोह गर्नुपर्ने हुन्थ्यो  पानीको धारा घर-घरमा आगमनै आएपछि गाउँलेले सुखको अनुभूति गरेको गरेको छ।' वर्षौदेखिको आफूहरूले पहल गरिरहे पनि स्थानीय सरकार आएसँगै पूरा भएको उनको  भनाइ छ ।  

images
images

गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ। आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुङ्ग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत ८० घरधुरी रहेको  छन्। सो आयोजनाबाट ५१६ जना जनसङ्ख्या लाभान्वित भएका छन्। 

सो आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा सम्पन्न भएको उनले  बताए।  गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा सम्पन्न भएको हो।

 उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग  रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र  पारिएको  बताए। गतवर्ष मात्र मोटरबाटो  पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि  व्यवसायी तरकारी खेती गर्न समेत स्थानीयवासीलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ।

गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसगैँ  व्यवसायी खेती तर्फ स्थानीयवासीालाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन समेत गरिहेको उनको भनाइ छ। जिल्लाको एक मात्र गाउँपालिका  इच्छाकामना  विशेष गरी तरकारी तथा फलफूलखेतीका लागि उर्वर भूमि मानिन्छ। रासस

images

प्रकाशित : बिहीबार , फागुन १९ २०७८०९:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend