बिहीबार , वैशाख १३ गते २०८१    
images
images

सिमेन्ट उद्योगको उत्पादनमा महालेखाको प्रश्न, उत्पादन लुकाएकै हुन्?

images
images
images
सिमेन्ट उद्योगको उत्पादनमा महालेखाको प्रश्न, उत्पादन लुकाएकै हुन्?

तर, महालेखाले भनेको जस्तै क्लिङ्करलाई ग्राइन्डिङ मिलमा पिसेर सिमेन्ट उत्पादन गर्दा सत प्रतिशत नै सिमेन्ट उत्पादन हुने नसक्ने उनको भनाइ छ।

images
images

काठमाडौं- महालेखा परीक्षकको कार्यालयले सिमेन्ट उद्योगको उत्पादनमा चासो देखाएको छ। महालेखाको ५८ औं वार्षिक प्रतिवेदनको बुँदा नम्बर ९३ मा सिमेन्ट उद्योगले उत्पादन लुकाएको मनसायसहित प्रतिवेदनमा 'नर्म्स' को विषय उल्लेख गरेको छ।

images
images
images

नर्म्स ( मानक ) को विषयसँग जोडेर महालेखाले उत्पादन घटी देखाएर कर छली गरेको हुन सक्ने आशंका गरेको छ। महालेखाले प्रतिवेदमा समय अनुकूल सिमेन्ट उत्पादनको नर्म्स अद्यावधिक गर्नुपर्ने विषय पनि उल्लेख गरेको छ।

images

संसदको सार्वजनिक लेखा समितिले समेत नर्म्स अद्यावधिक गर्न निर्देशन दिएको र महालेखाले पनि बारम्बार यो विषयमा प्रश्न उठाएको उल्लेख गरेको छ।

images

महालेखाले यसो भन्नुको अर्थ क्लिङ्कर जति तौलको ग्राइन्डिङ मिलमा हालेर पिस्दा सिमेन्ट त्यति नै उत्पादन हुनुपर्छ भने खोजिएको हो। सोही आधारमा एउटै नर्म्सभएपनि उद्योग अनुसार कसरी उत्पादन फरक पर्छ भनेर प्रश्न गरेको छ। महालेखाले उत्पादनको विषयमा प्रश्न गर्नुको आधारमा भने २ वटा सरकारी र २ वटा निजी सिमेन्ट उद्योगको उत्पादन क्लिङ्करको तौल अनुसार नै उत्पादन रहेको छ। अन्य उद्योगको उत्पादन घटनुको कारण  नदेखिएको र स्थिति नरहेकोले प्रयोग भएको पदार्थको परिमाणको शतप्रतिशत नै सिमेन्ट उत्पादन हुनु पर्ने हो भनी प्रतिवेदनमा उल्लेख छ।

images
images

यही प्रसंगलाई जोडेर महालेखाले सिमेन्ट उत्पादन गर्ने उद्योगको लागि एउटै नर्म्स भए पनि उत्पादनमा एकरूपता नभएको  भने विषय उठान गरेको छ।

प्रतिवेदनमा भनिएको छ, सिमेन्ट उत्पादनमा प्रयोग हुने चुन, ढुङ्गा र अन्य कच्चा पदार्थको मिश्रणलाई भट्टीमा क्याल्सिनेसनसिल्टरिङको प्रक्रियाबाट बनेको क्लिङ्करलाई सिमेन्ट तयार गर्ने क्रममा ग्राइन्डिङ मिलमा पिस्दा सोको तौलमा ह्रास हुने स्थिति नरहेकोले प्रयोग भएको पदार्थको परिमाणको शतप्रतिशत नै सिमेन्ट उत्पादन हने देखिन्छ। कर परीक्षण गरिएका फाइलको अध्ययन गर्दा नेपाल सरकारको स्वामित्वमा रहेका दुई र निजी क्षेत्रका दुई समेत ४ सिमेन्ट उद्योगले क्लिङ्करको खपतबाट शतप्रतिशत परिमाणमा सिमेन्टको उत्पादन गरिरहेका छन्। तर केही उद्योगले प्राविधिक कारण बेगर घटी उत्पादन देखाई रहेका छन्। यस सम्बन्धमा विगत वर्षका प्रतिवेदनमा समेत औँल्याएकोमा उद्योग विभागसँग समन्वय गरी नर्म्स अद्यावधिक गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएकोमा सोको कार्यान्वयन भएको छैन। सिमेन्ट उद्योगको नर्म्समा पुनरावलोकन गर्नुपर्दछ।

नेपालमा सिमेन्ट उत्पादनको हकमा २ वटा विषय जोडिएको हुन्छ। एउटा विषय केही उद्योगले आफै क्लिङ्कर उत्पादन गर्दै ग्राइन्डिङ्ग मिलमा पिसेर आफै सिमेन्ट उत्पादन गरिरहेका छन्। अर्को विषय हो अन्य उद्योगबाट क्लिङ्कर किनेर ग्राइन्डिङ मिलमा पिसेर सिमेन्ट उत्पादन गरिरहेका छन्।

महालेखाले क्लिङ्करबाट सिमेन्ट उत्पादनमा कुनै ह्रास नहुने विषय उल्लेख गर्नु नै औचित्यपूर्ण नरहेको अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारका बताउँछन। अहिले नेपालको नर्म्समा पनि सामान्यता ओपीसी सिमेन्टको हकमा १०३ केजी क्लिङ्करलाई ग्राइन्डिङ मिलमा पिस्दा १ सय केजीसम्म सिमेन्ट उत्पादन हुने उल्लेख छ। ‘सरकारी तथा केही निजी उद्योगले कसरी क्लिङ्करलाई ग्राइन्डिङ मिलममा पिस्दा शतप्रतिशत नै सिमेन्ट उत्पादन भएको तथ्यांक देखाएका छन्। त्यो हुनै सक्दैन। क्लिङ्कर उत्पादन भएपछि भण्डारमा राखेर सिधै मिलमा लगेर पिस्दा पनि केही मात्रा क्षति अवश्य हुन्छ,’ उनले भने, ‘ महालेखाले प्राविधिक कुरै नबुझी यो विषय राख्दा उद्योगीलाई समस्या हुन्छसक्छ।’

सरकारी समस्याबाट मुक्त हुन केही उद्योगले सोही अनुसार विवरण राखेको पनि हुनसक्ने उनको तर्क छ।

उदाहरणका कुनै एक  क्लिङ्कर खरिद गरेर सिमेन्ट उत्पादन गर्ने उद्योगले क्लिङ्कर उत्पादन हुने उद्योगबाट क्लिङ्कर खरिद गरेर आफ्नो उद्योगसम्म लैजाने प्रक्रियामा पहिलेको तौलमा केही ह्रास अवश्य हुने मुरारका बताउँछन्। केही उद्योगको तथ्यांकलाई लिएर सबै उद्योगलाई दुःख दिने काम सरकारी पक्षबाट हुन नहुने उनको तर्क छ।

नेपालमा २०६३ सालामा ओपीसीमा सिमेन्ट उत्पादनमा सरकारी स्वामित्वका उद्योगबाहेक सबैले भारतबाट नै क्लिङ्कर आयात गरेर सिमेन्ट उत्पादन गरिरहेका थिए। सोही आधारमा ढुवानीको समयमा हुने ह्रास लगायत सबैलाई मध्यनजर गरेर नर्म्सबनाएको उद्योग विभागमा निर्देशक कृष्ण खरेल बताउँछन्।

तर, महालेखाले भनेको जस्तै क्लिङ्करलाई ग्राइन्डिङ मिलमा पिसेर सिमेन्ट उत्पादन गर्दा सत प्रतिशत नै सिमेन्ट उत्पादन हुने नसक्ने उनको भनाइ छ।

‘एक केजी मकै जातोमा पिस्दा एक केजी नै पिठो त अवश्य पनि बस्दैन,’उनले भने, ‘तर,  नर्म्सको विषयमा प्रश्न उठेपछि अध्ययन भने आवश्यक पर्छ।’

विभागले प्राविधिक विषयमा सिधै एक्लौटी निर्णय पनि गर्न नसक्ने उनको भनाइ छ। यसका विषयमा उद्योगीले पनि आफ्नो उद्योगको वस्तुस्थितीबारे जानकारी गराउँदै नर्म्सको स्वीकृत लिने आउने पर्ने उनको भनाइ छ। उद्योगले नर्म्सको विषयमा परिमार्जन गर्न चाहेको हक अभिभावक निकाय विभागले प्राविधिक विषयमा अध्ययन गरे नर्म्स परिवर्तन गर्न सकिने उनको भनाइ छ।

तर, पनि विभागले सिमेन्ट उद्योगको विषय अहिले अध्ययन गरिरहेको र आावश्यकता अनुसार आवश्यक परेको अवस्थामा सिमेन्टको नर्म्स परिमार्जन गर्दै लैजाने खरेल बताउँछन्।

यो विषय उठान भएसँगै क्लिङ्कर कै तौल अनुसार नै सत प्रतिशत सिमेन्ट कसरी उत्पादन भएको छ त्यो विषयमा पनि अध्ययन भने आवश्यक पर्ने उनको भनाइ छ।

‘सामान्यत अहिले नेपालमा १०३ केजी क्लिङ्करबाट १ सय केजीसम्म सिमेन्ट उत्पादन हुने नर्म्स छ,’ उनले भने, ‘तर, अहिलेको नर्म्सकेही पुरानो भए पनि अव्यवहारिक छैन जस्तो लाग्छ।’

एउटा कुरा के सत्य हो भने यो नर्म्स भारतबाट क्लिङ्कर आायात गरेर ल्याउँदाको समयलाई हेरेर बनाइएको हो। तर, अहिले क्लिङ्कर नेपालमै आयात हुने र क्लिङ्कर उत्पादन नगर्ने उद्योगले पनि नेपालकै उद्योगबाट क्लिङ्कर खरिद गरेर सिमेन्ट उत्पादन गरिरहेका छन्।

नेपालमा अहिले सरकारी स्वामित्वका २ वटा सिमेन्ट उद्योग सहित ५ दर्जनभन्दा बढी सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन्। नेपाल सिमेन्टमा आत्मनिर्भर भइसेको छ। नेपालबाट सिमेन्ट माग भएको अवस्थामा उद्योगले निर्यात गर्न सक्ने भइसकेका छन्।

images

प्रकाशित : बिहीबार , भदौ ३१ २०७८१२:३३

प्रतिक्रिया दिनुहोस